बझाङमा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता « Khabarhub

बझाङमा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ – बझाङको बुङ्गल नगरपालिका – ५ मा पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएका छन् । तीन जनाको उद्धार गरिएको छ ।

गएराति खोल्लेख लुएती सडकखण्डबाट खसेको पहिरोले पिपला ताम्राकारको घर बगाउँदा उनका १२ वर्षीय छोरा सचिन र दाइको छोरा ५ वर्षीय सुदिप बेपत्ता भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर घाइते भएकी पिललासहित उनका १६ वर्षीया छोरा अनिल र १० वर्षीया छोरी सन्तोषीको खिरापढी स्वास्थ्य चौकीमा उपचार भैरहेको छ । अर्की छोरी १८ वर्षीया सुनिताले भने भागेर ज्यान जोगाएको प्रहरीले जानकारी दिएको छ ।

पहिरोमा परेर २ वटा गाई र तीन वटा बाख्रा पनि मरेका छन् । एक हप्ताअघि नै पहिरोको जोखिममा रहेकाले सुरक्षित ठाउँ मिलाइदिन आग्रह गर्दै नगर र वडा कार्यालयमा जानकारी पनि गराएको स्थानीयले बताएका छन् । पिपलाका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ८ : ५२ बजे

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको