कुवेतमा अलपत्र ३३ नेपालीलाई राहत « Khabarhub

कुवेतमा अलपत्र ३३ नेपालीलाई राहत

पीडितलाई भित्र पस्नै दिदैन् नेपाली दूतावास !



दोहा : काठमाडौंस्थित एसआरके नेपाल मेनपावर मार्फत १८ महिना अघि कुवेत पुगेर बिचल्ली परेका ३३ नेपालीलाई एनआरएन कुवेतले खाद्यन सहयोग गरेको छ ।

प्रतिब्यक्ति २० दिन पुग्ने गरी ३३ जनालाई चामल, दाल, तेल लगायतका खाद्यन सामाग्री उपलब्ध गराएको गैर आवासीय नेपाली संघ कुवेतका आइसीसी सदस्य अमित चाम्लिङले जानकारी दिए ।

लामो समयदेखि विभिन्न संस्थाहरुको सहारामा बाँचिरहेको बताउदै पीडित नेपाली श्रमिकले एनआरएनको टोली समक्ष आफूहरुलाई चाडोभन्दा चाडो उद्धार गरी स्वदेश पठाइदिन आग्रह गरेका छन् ।

गैरआवसिय नेपालि संघसंग राहतको लागि सम्पर्क गरेपछि एनआरएन कुवेतका अध्यक्षसहितको टोली राहत सामाग्री पीडितहरु कहाँ पुगेका थिए । पीडितहरुको गुनासो सुनेपछि अध्यक्ष सुजन केसीले यो समस्यालाई लिएर कुवेतस्थित नेपाली दूतावासमा गम्भिरतापूर्वक समस्याको समाधान खोज्न उनीहरुलाई ल्याउने कुवेतका एजेन्ट गौतम आमगाईलाई पीडित श्रमिकहरु तथा दूतावाससँग भेट गराइ छलफल गराउने बताएका छन्।

पटक पटक दूतावास पुग्दा पनि आफूहरुलाई भित्र पस्नै नदिने गरेको र आफ्नो कुरा समेत राख्न नदिएर दूतावासले सौतेनी आमाको जस्तो व्यवहार गरेको पीडितहरुले बताएका छन् । उनीहरुका अनुसार दूतावासका केहि कर्मचारीहरु कोठामै आएर आफूहरुको समस्या देखिर पनि नदेखेझै गरेर दूतावास रमिते मात्र बनेको आरोप लगाएका छन् ।

म्यानपावरलाई १ लाख ५० हजारभन्दा बढी तिरेर कुवेत पुगेका उनीहरु कम्पनीले सम्झौता अनुसारको तलब कहिल्यै नदिएको र झन पछिल्लो समयमा फेब्रुअरीदेखि कम्पनी तलब नै नदिए उनीहरुलाई अलपत्र पारेको छ ।

उनीहरुले आफुले काम गरेको कम्पनीबाट काम गरेबापतको तलब मिलाइदिन दूतावासलाई धेरैपटक गुहारेको तर दूतावासले उनीहरुको कुरा नसुनी उल्टै कामदारलाई दोष लगाउँदै झपारेको पीडितहरुले बताएका छन।

म्यानपावरमा सम्पर्क गर्दा सहयोग गर्ने प्रतिबढ्ता जनाए पनि अहिलेसम्म केहि नगरेको उनीहरु बताउछन् । यता, कुवेतमा रहेको नेपाली दूतावासमा यस बारे पटक पटक बुझ्न खोज्दा कोहि पनि सम्पर्कमा आउन चाहेन् । कुवेतका एजेन्ट गौतम अमगाईलाई सम्पर्क गर्दा कोरोनाका कारण अहिले केहि गर्न नसकिने भन्दै पन्छिन खोजे ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ९ : ३३ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका