कुवेतमा अलपत्र ३३ नेपालीलाई राहत « Khabarhub

कुवेतमा अलपत्र ३३ नेपालीलाई राहत

पीडितलाई भित्र पस्नै दिदैन् नेपाली दूतावास !



दोहा : काठमाडौंस्थित एसआरके नेपाल मेनपावर मार्फत १८ महिना अघि कुवेत पुगेर बिचल्ली परेका ३३ नेपालीलाई एनआरएन कुवेतले खाद्यन सहयोग गरेको छ ।

प्रतिब्यक्ति २० दिन पुग्ने गरी ३३ जनालाई चामल, दाल, तेल लगायतका खाद्यन सामाग्री उपलब्ध गराएको गैर आवासीय नेपाली संघ कुवेतका आइसीसी सदस्य अमित चाम्लिङले जानकारी दिए ।

लामो समयदेखि विभिन्न संस्थाहरुको सहारामा बाँचिरहेको बताउदै पीडित नेपाली श्रमिकले एनआरएनको टोली समक्ष आफूहरुलाई चाडोभन्दा चाडो उद्धार गरी स्वदेश पठाइदिन आग्रह गरेका छन् ।

गैरआवसिय नेपालि संघसंग राहतको लागि सम्पर्क गरेपछि एनआरएन कुवेतका अध्यक्षसहितको टोली राहत सामाग्री पीडितहरु कहाँ पुगेका थिए । पीडितहरुको गुनासो सुनेपछि अध्यक्ष सुजन केसीले यो समस्यालाई लिएर कुवेतस्थित नेपाली दूतावासमा गम्भिरतापूर्वक समस्याको समाधान खोज्न उनीहरुलाई ल्याउने कुवेतका एजेन्ट गौतम आमगाईलाई पीडित श्रमिकहरु तथा दूतावाससँग भेट गराइ छलफल गराउने बताएका छन्।

पटक पटक दूतावास पुग्दा पनि आफूहरुलाई भित्र पस्नै नदिने गरेको र आफ्नो कुरा समेत राख्न नदिएर दूतावासले सौतेनी आमाको जस्तो व्यवहार गरेको पीडितहरुले बताएका छन् । उनीहरुका अनुसार दूतावासका केहि कर्मचारीहरु कोठामै आएर आफूहरुको समस्या देखिर पनि नदेखेझै गरेर दूतावास रमिते मात्र बनेको आरोप लगाएका छन् ।

म्यानपावरलाई १ लाख ५० हजारभन्दा बढी तिरेर कुवेत पुगेका उनीहरु कम्पनीले सम्झौता अनुसारको तलब कहिल्यै नदिएको र झन पछिल्लो समयमा फेब्रुअरीदेखि कम्पनी तलब नै नदिए उनीहरुलाई अलपत्र पारेको छ ।

उनीहरुले आफुले काम गरेको कम्पनीबाट काम गरेबापतको तलब मिलाइदिन दूतावासलाई धेरैपटक गुहारेको तर दूतावासले उनीहरुको कुरा नसुनी उल्टै कामदारलाई दोष लगाउँदै झपारेको पीडितहरुले बताएका छन।

म्यानपावरमा सम्पर्क गर्दा सहयोग गर्ने प्रतिबढ्ता जनाए पनि अहिलेसम्म केहि नगरेको उनीहरु बताउछन् । यता, कुवेतमा रहेको नेपाली दूतावासमा यस बारे पटक पटक बुझ्न खोज्दा कोहि पनि सम्पर्कमा आउन चाहेन् । कुवेतका एजेन्ट गौतम अमगाईलाई सम्पर्क गर्दा कोरोनाका कारण अहिले केहि गर्न नसकिने भन्दै पन्छिन खोजे ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ९ : ३३ बजे

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको