भिजिट भिसा भएकाले अगष्ट भित्र कुवेत छोड्नु पर्ने « Khabarhub

भिजिट भिसा भएकाले अगष्ट भित्र कुवेत छोड्नु पर्ने



दोहा : कुवेतले लामो समयदेखि कोरोनाका कारण लगाएको बन्दाबन्दी मंगलबारबाट ५० प्रतिशत खुल्ल गरेको छ । चौथो चरणमा जनजीवनलाई सामान्य तर्फ फर्काउने निर्णय कुवेत सरकारको ५० प्रतिशत खुल्ला गरेको जनाएको छ ।

सामान्य अबस्थाको संख्यामा ५० प्रतिशत भिडभाड रहने गरी होटल, रेस्टुरेन्ट, क्याफे र सार्वजनिक यातायात शुरू गर्न आदेश दिएको छ। त्यस्तै खेलकूद र स्वास्थ्य क्लबहरू, व्यक्तिगत हेरचाह पसलहरू,ब्यूटिपार्लर, सैलूनहरू र बार्बरसप,टेलरिंग पसल र कार्यशालाहरू पनि मंगलबारबाट खुलेका छन।

तर सामान्य अबस्थाको संख्यामा ५० प्रतिशत मात्र भिडभाड हुनेगरि खोलिएका ब्यापार ब्यबसायमा पनि कोरोना संक्रमणबाट बच्ने उपायहरु अपनाउनु पर्ने छ भने अनिबार्य रुपमा माक्स प्रयोग गर्नु पर्नेछ।

यस्तै, कुवेत सरकारले भिजिट भिसामा आएकाहरुले अगष्ट भित्र कुवेत छोडिसक्नु पर्ने जनाएको छ । यसैगरी ६० वर्ष उमेर पुगेका आप्रवासी कामदारको भिसा समेत नलाग्ने अरब टाइम्सले जनाएको ।

मार्च महिना यता भिसाको म्याद सकिएकाहरुले अगष्ट भित्र अनिवार्य म्याद थप गर्नु पर्नेछ अन्यथा जरिवाना भर्नुपर्ने समेत जनाएको छ । कुवेत सरकारको यस्तो निर्णयले विभिन्न तेस्रो मुलुक हुदै त्यहाँ पुगेका तथा भिजिट भिसामा रहेका नेपालीहरुको रोजगारी गुम्ने छ ।

कुवेतमा विभिन्न क्षेत्रमा करिब ५० हजार नेपाली श्रमिक कार्यरत रहेको पाईन्छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ११ : ३८ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु