३ लाख ६३ हजार नगद र ४ लाख ४८ हजारको चेकसहित १२ जुवाडे पक्राउ « Khabarhub

३ लाख ६३ हजार नगद र ४ लाख ४८ हजारको चेकसहित १२ जुवाडे पक्राउ


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा- सिरहामा प्रहरीले १२ जु्वाडेलाई पक्राउ गरेको छ ।

जुवा खेलिरहेको अवस्थामा गएराति सिरहाको धनगढीमाई नगरपालिका–१३ भाल्टाबाट १२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र गोलबजारबाट खटिएको प्रहरीको संयुक्त टोलीले स्थानीय मदनबहादुर राईको घरमा कौडा जुवा खेलिरेहको अवस्थामा नगद तथा हस्ताक्षर गरिएको चेकसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

पक्राउ पर्नेमा सिरहा, सप्तरी र धनुषाका रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका १२ जनाकै नाम प्रहरीले सार्वजानिक गरेको छैन ।

जुवाखालबाट कौडा १६ थान, रु तीन लाख ६३ हजार ६४०, भारु चार हजार ८१० र हस्ताक्षर गरी राखिएको रु चार लाख ४८ हजार ३७३ को चेक तथा १४ थान मोबाइल बरामद भएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ११ : ०२ बजे

आईपीएल : सनराइजर्स हैदराबादको पहिलो जित, कोलकाता ६५ रनले पराजित

कोलकाता- इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत बिहीबार सम्पन्न खेलमा

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौँ – प्रतिनिधि सभाको सभामुख चयनका लागि शुक्रबार उम्मेदवारी दर्ता

आठ महिनामा विदेश पुगेका नेपालीले पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ – चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले

सडक सञ्जालमा जोडियो म्याग्दीको विकट गाउँ गुर्जा

म्याग्दी – धवलागिरि गाउँपालिका–१ गुर्जा सडक सञ्जालमा जोडिएको छ ।

अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट

काठमाडौँ – पोल्यान्डका कप्तान तथा कीर्तिमानी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय