काठमाडौं– नेपालमा साउन ७ गते लकडाउन खुलेयता कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायको तथ्यांकका अनुसार हालसम्म २८ हजार २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बढ्दो संक्रमणसँगै मृत्युदर समेत बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मङ्गलबारसम्ममा ११४ जना संक्रमितको मृत्यु भएको छ ।
संक्रमणको दर बढ्न थालेपछि सरकारले काठमाडौं उपत्यका सहितका दुई सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरूमा सवारी साधनमा जोर–बिजोर प्रणाली लागु गरेको छ । अन्तरजिल्लामा सार्वजनिक तथा निजी सवारीसाधानको पास पनि खारेज गरिएको छ ।
कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले काठमाडौं उपत्यकाका तीन जिल्लासहित देशभरका ४१ जिल्लाहरूमा कतै निषेधाज्ञा, कतै सिल र लकडाउन गरिएको छ । स्वास्थ्य मन्त्रालयले मङ्गलबार दिएको जानकारी अनुसार १३ हजार ४६१ जनाको पीसीआर परीक्षण गर्दा २४ घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
परीक्षण संख्याको आधारमा यो पछिल्लो संक्रमण दर ७ दशमलव ५४ प्रतिशत हो । हालसम्मको कुल पीसीआर परीक्षणमा संक्रमण दर ५ दशमलव २० प्रतिशत छ । संक्रमण कम भएका जिल्लाहरूलाई नमान्दा पनि १० लाखभन्दा बढी नेपालीका कोरोना संक्रण रहेको अनुमान गर्न सकिन्छ । हालसम्म पुष्टि भएका संक्रमितबाहेक पनि ७ लाखभन्दा बढीमा संक्रमण रहेको अनुमान गर्न सकिन्छ ।
सरकारले १२० दिन लकडाउन गर्दा पनि कोरोना संक्रमण शून्य भएको थिएन । लकडाउन खुलेपछि संक्रमण झन् फैलिएको छ । नेपालमा सुरुमा विदेशबाट आएका व्यक्तिहरूमा मात्रै कोरोना संक्रमण देखिएको थियो । हाल समुदायस्तरमै पुगेको छ ।
सुरु चार महिना लक्षणसहितका संक्रमितहरू नगन्य रहेकोमा करिब दुई महिनायता लक्षणसहितका संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मङ्गबारको तथ्यांकअनुसार देशभर १० हजार ५६३ जना संक्रिय संक्रमित रहेका छन् । ती मध्ये २ हजार ८८७ जना घरमै होम आइसोलेसनमा छन्, ६ हजार ७५२ जना अस्पताल तथ संस्थागत आइसोलेसनमा छन् ।
ती मध्ये ११८ जना आइसियु र ८ जना भेन्टिलेटरमा उपचारत छन् । नेपालमा गम्भीर प्रकृतिका कोरोना संक्रमितको संख्या बढ्न थालेको स्वास्थ्य मन्त्रालयको यो तथ्यांकले पनि देखाउन छ ।
कोरोना संक्रमणको अहिलेको अवस्थाले आगामी दिनमा संक्रमणको दर उच्च हुने संकेत गरेको विज्ञहरूको ठहर छ । हाल नेपालमा ९४२ वटा आइसियु र ४४६ वटा भेन्टिलेटर उपलव्ध छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिकरूपमै आगामी दिनमा अस्पतालमा बेड अभाव हुनसक्ने जनाएको छ ।
नेपालमा कोरोना संक्रमण बढ्नुको कारण, नियन्त्रणमा भएका कमजोरी, राज्यको दायित्व र नागरिकको भूमिकाजस्ता विषयमा स्वास्थ्य क्षेत्रका केही विज्ञहरूको भनाइ प्रस्तुत गरिएको छ ।
डा शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ
कोरोना संक्रमण लकडाउन खुलेपछि मात्र बढेको होइन । लकडाउनकै बीचम पनि बदिरहेकै थियो । हामीले पहिलादेखि नै भन्दै आएका थियौँ, लकडाउन खुलेपछि पनि कोरोना संक्रमित बढ्छन् भनेर । सरकारले लकडाउन त खोल्यो तर स्वास्थ्य हुने तथा जोखिम नियन्त्रणको तयारी रेन ।
अचानक लकडाउन खुलेपछि मानिसहरूमा कोरोना संक्रमण कमजोर भएको हो कि भन्ने सोच भयो । धेरै मानिसहरूले त लकडाउनको समयमा पनि स्वास्थ्यका मापदण्ड पालना गरेका थिएनन । सरकारले के कारणले संक्रमण बढी भयो भनेर खोजी गरेन ।
लकडाउन गरेरमात्र संक्रमण नियन्त्रणमा नआएको कुरा हामीले भोगिसकेका छौँ । सरकारले अहिले पनि संक्रमण बढ्दा निषेधाज्ञा वा लकडाउन गर्दा भइहाल्छ भनेर सोच्नु हुँदैन । अहिले विभिन्न जिल्लामा गरिएको लकडाउन र निषेधाज्ञाको पालना भयो कि भएन, निर्णयहरूको प्रभावकारी कार्यान्वयन भए कि भएन भन्ने पनि राम्ररी हेरिएन ।
लकडाउन खुलेपछि संक्रमण झनै बढ्नुमा सरकारको मात्र कमजोरी छैन । सर्वसाधारण नागरिकको पनि कमजोरी देख्छु । अमेरिकामा लाखौँलाई पीसीआर टेष्ट भइसक्यो, त्यहाँ किन संक्रमण फैलिएको छ । मृत्युदर बढिरहेको छ, यसको बारेमा सोच्नुपर्छ । सरकारले जति नियम बनाए पनि त्यसको पालना भएन भने प्रभावकारी हुँदैन ।
मलाई दुःख पनि लागिरहेको छ । सर्वधारणले जनस्वास्थ्यको मापदण्ड पालना गरेका छैनन् । मापदण्ड पालनामा गम्भीर भएनन् । यस्तो कमजोरी किन भइरहेको छ, मानिसहरूले नबुझेका हुन् कि विज्ञहरूले बुझाउन नसकेका हुन् भन्ने थाहा पाउन जारुरी छ ।
हिजो लकडाउनको समयमा पनि पहुँचवालाहरू पास बनाइ बनाइ हिँडे । लकडाउनको समयमा सरकारले पहुँचवालाहरूलाई कडाइ गर्न सकेन ।
सरकारले पनि जोखिमउक्त ठाउँ पहिचान गरेको थियो तर त्यहाँबाट पनि मानिसहरू काठमाडौं उपत्यका प्रवेश गरिरहे । विदेशबाट आउने नेपालीलाई त काठमाडौंमा क्वारेन्टिमा राखियो तर उपत्यका बाहिरका जोखिम क्षेत्रमा आएकाहरूलाई क्वारेन्टिमा राखिएन ।
मानिसहरू मास्क च्युँडोमा झुण्डाएर हिँडेका छन् । अरू बेलामा मास्क लगाए पनि जब कोही भेट हुन्छ, तब मास्क खोलेर गफ गरेका देखिन्छन् । त्यस गर्नु गलत हो । यो समस्या समाधान गर्न अरू समयमा जस्तो विदेशी संस्था आउने छैनन् । कोरोनाको महामारीमा ठूला राष्ट नै परेका छन् ।
त्यसैले नेपाल सरकार र सबै नेपाली मिलेर यो संक्रमण नियन्त्रण गर्नुपर्छ ।
टेक अस्पतालमा कोरोना परीक्षण गर्न बिहान ८ बजे लाइनमा बसेका व्यक्ति दिउँसो ३ बजे पालो पाए । उनीहरूले लाइनमा उभिँदा मास्क लगाए तर तर कुराकानी गर्दा खोलिरहेका थिए । मानिसहरूले थाहा नै नपाएर पनि गल्ती गरिरहेका छन् ।
जसलाई १४ दिन घरैमा क्वारेन्टिनमा बस्नु भनियो तर, उनीहरू अस्पतालबाट फर्किएकै भोलिपल्टै काममा गए, घुमे ।
लकडाउन खुलेपछि काठमाडौं उपत्यकामा ह्वात्तै मानिसहरू आए । उनीहरूलाई १४ दिन क्वारेन्टिनमा बस्नु भने पनि दैनिक काम गरेर जुगारा चलाउनेहरू बसेनन्, काममा निस्के । निर्देशनको अनुगमन भएन । यसले गर्दा काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गयो ।
उपत्यकाबाहिरबाट रोजगारी गर्न आएकाहरूका लागि सरकारले कुनै योजना बनाएन । उनीहरूले काठमाडौं आएर काम गर्न थाले । यसले पनि कोरोना संक्रमण फैलिन मद्दत गर्यो ।
सरकारले गरिब र विपन्न नागरिकको भोकको समस्या समाधान गर्न सकेन । भोकका अघि उनीहरूले सरकारको आदेश मान्न सकेनन् । हजारौं मानिस काठमाडौं उपत्यका लगायतका ठूला शहरहरूमा प्रवेश गरेपछि फेरि निषेधाज्ञा र कडाइ गर्न थाल्यो ।
अहिले कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङ गर्न पनि गाह्रो छ । लकडाउनका कारण मानिसहरू घरमै हुन्थ्थे । अहिले कोरोनापुष्टि भइसक्दा संक्रमित व्यक्ति धेरै ठाउँमा पुगेको हुनसक्छ । संक्रमित आफैँले आफूले भेटेका कतिपय मानिसहरू चिन्दैनन् ।
सरकारले तीन महिनाको लकडाउनमा पनि किन संक्रमण घटेन भनेर त्यसको समीक्षा गरेर कमजोरी पत्ता लगाउनु र सुधार गर्नु जरुरी छ ।
डा अनुप सुवेदी, संक्रामक रोग विशेषज्ञ
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण बढ्न सक्छ, सचेत रहनुहोस् भनेर सबैलाई आग्रह गर्नुपर्छ । परीक्षणको दायरा बढाउनु र उपचारका लागि आवश्यक व्यवस्थापन पनि गर्नुपर्छ । अस्पतालहरूमा आइसोलेसन, आइसियु र भेन्टिलेटरको संख्या बढाउनुपर्छ ।
स्वास्थ्य मन्त्रालयले आइसोलेसन र आइसियु वेड नपुग्ने, भेन्टिलेटर नपुग्ने अवस्था आउन दिनु हुँदैन । अस्पतालहरूको क्षमता क्षमता वृद्धि गर्नुपर्छ । संक्रमण रोक्न स्वास्थ्य मन्त्रालयले मात्र मापदण्ड बनाएरमात्रै हुँदैन, कार्यन्वयन गर्न स्थानीय तह पनि संक्रिय हुनुपर्छ ।
सुदीप खड्का, भाइलोरोजिष्ट
नेपालमा अलिहेसम्मको आँकडाले ४० वर्षभन्दा माथिका व्यक्तिहरूमा नेपालमा मृत्युदर बढी देखिन्छ । अहिले तफ्तारले मृत्युदर देखिएको छ । अहिलेको अवस्था हेर्दा नेपालमा अझै मृत्युदर बढ्ने देखिन्छ ।
वृद्धवृद्धाहरू र दीर्घरोगीहरूलाई सरकारले विशेष ख्याल नगर्दा मृत्युदर बढेको छ । अझै ख्याल नगर्ने हो भने नेपालमा मृत्युदर अझै बढ्ने देखिन्छ ।
हामीले संक्रमण बढ्छ भन्दा सरकारले नबढ्ने दाबी गरेको थियो । हामीले संक्रमित बढ्दै जाँदा लक्षण सहितका संक्रमित भेटिन्छन् भनेका थियौँ । सरकारले नेपालमा लक्षण सहितका संक्रमित भेटिएका छैनन्, संक्रमण बढ्दैन भन्यो ।
सबै कुरा विज्ञहरूले भनेअनुसार नै भइरहेको छ । त्यसैले, नेपालमा ४० वर्षभन्दा माथि उमेरका नागरिकका लागि विशेष ख्याल गर्नुपर्छ ।
प्रतिक्रिया