संघीय संसदका सांसद बोगटीमा कोरोना संक्रमण « Khabarhub

संघीय संसदका सांसद बोगटीमा कोरोना संक्रमण


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संघीय संसदका सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण देखिएपछि उनी कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा छन् ।

उनले साउन ३० गते कोरोना परीक्षण गराएका थिए । रिपोर्ट पोजेटिभ आए पनि कोरोनाका कुनै लक्षण नदेखिएको उनले बताए ।

उनले सावधानी अपनाउँदा अपनाउँदै पनि कोरोना सरेको प्रतिक्रिया दिएका छन् ।

नेकपाका महासचिव विष्णु पौडेलमा कोरोना देखिएपछि बोगटी र उनका पीएले पनि परीक्षण गराएका थिए । ३१ गते बोगटीको रिपोर्ट नगेटिभ आएको थियो । उनका पीएमा भने पोजेटिभ देखिएको थियो ।

पहिले नेगेटिभ आएको भनिए पनि सोमवार भने पोजेटिभ आएको उनले बताए । काठमाडौं महानगरपालिकाका कर्मचारीले पोजेटिभ रिपोर्ट आएको भन्दै फोन गरेको बोगटीले बताए ।

यसअघि संघीय संसदका अर्का सांसद प्रदीप यादवमा पनि कोरोना संक्रमण भएको थियो । अहिले उनी निको भइसकेका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  २ : २२ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको