संघीय संसदका सांसद बोगटीमा कोरोना संक्रमण « Khabarhub

संघीय संसदका सांसद बोगटीमा कोरोना संक्रमण


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संघीय संसदका सांसद यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण देखिएपछि उनी कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा छन् ।

उनले साउन ३० गते कोरोना परीक्षण गराएका थिए । रिपोर्ट पोजेटिभ आए पनि कोरोनाका कुनै लक्षण नदेखिएको उनले बताए ।

उनले सावधानी अपनाउँदा अपनाउँदै पनि कोरोना सरेको प्रतिक्रिया दिएका छन् ।

नेकपाका महासचिव विष्णु पौडेलमा कोरोना देखिएपछि बोगटी र उनका पीएले पनि परीक्षण गराएका थिए । ३१ गते बोगटीको रिपोर्ट नगेटिभ आएको थियो । उनका पीएमा भने पोजेटिभ देखिएको थियो ।

पहिले नेगेटिभ आएको भनिए पनि सोमवार भने पोजेटिभ आएको उनले बताए । काठमाडौं महानगरपालिकाका कर्मचारीले पोजेटिभ रिपोर्ट आएको भन्दै फोन गरेको बोगटीले बताए ।

यसअघि संघीय संसदका अर्का सांसद प्रदीप यादवमा पनि कोरोना संक्रमण भएको थियो । अहिले उनी निको भइसकेका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  २ : २२ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६