अर्घाखाँचीमा आजदेखि एक हप्ताका लागि लकडाउन « Khabarhub

अर्घाखाँचीमा आजदेखि एक हप्ताका लागि लकडाउन


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन्धिखर्क – अर्घाखाँचीमा आज बिहान ६ बजेदेखि एक हप्ताका लागि स्थानीय प्रशासनले लकडाउन गरेको छ ।

कोराना संक्रमण बढ्दो रूपमा देखिएपछि जिल्ला प्रशासन कार्यालयको संयोजनमा भएको सर्वपक्षीय बैठकले लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।

जिल्लामा हाल तीन कोरोना संक्रमित छन् । संक्रमित हुनेमा भूमिकास्थान नगरपालिकाका दुई र शीतगंगा नगरपालिकाका एक पुरुष छन् ।

उनीहरु हाल स्थानीय तहले निर्माण गरेको क्वारेन्टिनमा बसेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बताए ।

जिल्लामा रहेका ३३० संक्रमितमध्ये तीन जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए । निको भएर घर फर्कनेको संख्या ३२४ छ । जिल्ला बाहिर तथा भारतबाट आएका १६१ जना विभिन्न क्वारेन्टिनमा बसेका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  २ : ३६ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको