सातामा आठ हवाई उडानका लागि अमेरिका र चीनबीच सहमति  | Khabarhub Khabarhub

सातामा आठ हवाई उडानका लागि अमेरिका र चीनबीच सहमति 


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – संयुक्तराज्य अमेरिका र चीनबीच हप्तामा आठ वटा हवाई उडान सञ्चालन गर्ने सहमति भएको छ ।

अमेरिकी यातायात विभागद्वारा जारी वक्तव्यअनुसार अहिलेसम्म चार वटा मात्रै उडान हुँदै आएकोमा अबदेखि हप्तामा ८ उडान गर्ने सहमति भएको हो ।

नयाँ सहमतिसँगै अमेरिकाबाट चीनतर्फ जाने र चीनबाट अमेरिकातर्फ आउने यात्रुहरुलाई सहज हुने विश्वास लिइएको विभागले जनाएको छ ।

विश्वभरी फैलिएको कोरोनाभाइरसको महामारीले हवाई उडान कटौती हुँदा अमेरिका र चीनबीचको उडान पनि कटौती भएको थियो ।

अहिले भने आवश्यकता र परिस्थितिका आधारमा सतर्कता अपनाउँदै विस्तारै उडान बृद्धि गर्न लागिएको अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ३ : २८ बजे

इलाम–२ को अपडेट : सुहाङको अग्रता कायमै

इलाम– इलाम क्षेत्र नम्बर २ का ४ वटा पालिकाको मतगणना

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप– रामेछापका विभिन्न सामुदायिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई

जिरी नगरपालिमा सबै योजनाको सम्झौता सम्पन्न

दोलखा– जिल्लाको जिरी नगरपालिकाले चालु वर्ष वितरण गरेका सत् प्रतिशत

बालविवाह अन्त्यका लागि सचेतनावृद्धिमा जोड

काठमाडौं– बालविवाह अन्त्यका लागि पुरुष सहभागिता र विद्यालय तहका पाठ्यपुस्तकमै

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि