कोइम्यान बने बार्सिलोनाको मुख्य प्रशिक्षक | Khabarhub Khabarhub

कोइम्यान बने बार्सिलोनाको मुख्य प्रशिक्षक


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस क्लब बार्सिलोनाको नयाँ प्रशिक्षकमा रोनाल्ड कोइम्यान नियुक्त भएका छन्।

बुधबार बार्सिलोनाले कोइम्यानसँग २०२२ जुन ३० सम्मका लागि सम्झौता गरेको जनाएको छ । गएको जनवरीमा प्रशिक्षक नियुक्त भएका क्वीकी सेटिनलाई बार्सिलोनाले बर्खास्त गरेपछि कोइम्यान क्लबमा भित्रीएका हुन्।

च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलमा जर्मन क्लबसँग ८-२ को लज्जास्पद हार व्यहोरेपछि क्लबको पहिलो बर्खास्तीमा मुख्य प्रशिक्षक सेटिन परेका हुन्।

उनको कार्यकालमा बार्साले स्पेनिस लिगमा समेत नराम्रो हार व्यहोर्नुपरेको थियो। कोइम्यानले नेदरल्यान्डको राष्ट्रिय टोलीमा प्रशिक्षकको भूमिका निभाइसकेका छन् । ५७ वर्षीय उनले २ वर्षको नेदरल्यान्डससँगको सम्झौता सकिएपछि बार्सासँग आवद्ध भएका हुन्।

बार्सिलोनाबाट सन् १९८९ र १९९५ मा खेलेका उनी अहिले मुख्य प्रशिक्षकको भूमिकामा स्पेन फर्किएका हुन्।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ४ : ०८ बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार सन्

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

आज २०८१ साल वैशाख २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २५ गते मंगलबार तदनुसार

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै