‘विश्व मर्यादित महिनावारी दिवस’ मनाउन राष्ट्र संघमा प्रस्ताव गरिने « Khabarhub

‘विश्व मर्यादित महिनावारी दिवस’ मनाउन राष्ट्र संघमा प्रस्ताव गरिने


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सरकारले ‘विश्व मर्यादित महिनावारी दिवस’ मनाउन संयुक्त राष्ट्र संघमा प्रस्ताव राख्ने तयारी गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मर्यादित महिनावारी दिवसलाई विश्वव्यापीरूपमा मनाउन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्ने तयारी भइरहेको बताएका हुन् ।

बुधबार ललितपुरमा आयोजित मर्यादित महिनावारी सम्बन्धी ‘भर्चुअल’ बैठकमा बोल्दै उनले सरकारले छिट्टै नेपाललाई ‘छाउगोठ मुक्त’ बनाउने घोषणा पनि गरे ।

त्यसका लागि नीति, कार्यक्रम र कार्यविधि बनाउने कामलाई अघि बढाएको उल्लेख गर्दै मन्त्री गुरुङले त्यसका लागि आवश्यक सुझाव दिन सम्बन्धित निकायलाई आग्रह गरे ।

सरकारले छाउगोठ जस्ता सामाजिक कुरीतिको अन्त्य गर्न नेपाललाई मर्यादित महिनावारीको देश बनाउने नीतिगत निर्णय गरिसकेको उनले जानकारी दिए ।

मन्त्री गुरुङले यसलाई कार्यान्वयनमा लैजान कार्यविधि बनाउने काम अघि बढाएको पनि बताए ।

‘सभ्य, सुन्दर र समुन्नत नेपाल निर्माण हुने गरी सामाजिक क्षेत्रको कामलाई पनि राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउन सरकार लागिपरेको छ,’ मन्त्री गुरुङले भने, ‘सरकारको यस अभियानमा साथ, सहयोग र सुझाव दिन प्रदेश सरकार, स्थानीय सरकार र सामाजिक संघ, संस्थाहरुलाई आह्वान गर्दछु ।’

त्यस अवसरमा मन्त्री गुरुङले समाजमा विद्यमान लैङ्गिक विभेद अन्त्यका लागि ‘लैङ्गिकमैत्री नीति’ निर्माण गर्ने काम अघि बढाइएको पनि बताए ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ५ : ३४ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक