आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६ सेप्टेम्बर २९ तारिख। असोज कृष्ण पक्षको तृतीया तिथि। तृतीया श्राद्ध । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो र फलदायी हुनेछ। परिवारसँग तीर्थयात्राको तय हुनेछ। लगानीका क्षेत्रमध्ये व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यले साथ दिँदा मन प्रशन्न हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य प्राप्त हुनेछ।

वृष : शुभ दिन छ। धन लाभ हुनेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। तर स्वास्थ्यमा भने समस्या हुने भएकाले सचेत हुनुपर्नेछ। व्यापारमा गरेको मिहिनेतको भने फल मिल्नेछ ।

मिथुन : स्वास्थ्यले साथ दिँदा मन शान्त हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा भने सेवाको अवसर गुम्ने जोखिम छ। पारिवारिक मेलमिलाप रहेको छ ।

कर्कट : कामको बोझ थपिने छ। सानो कुराले आक्रोश बढ्नेछ। सचेत भएर बोल्नु उचित हुन्छ। शिक्षामा ढिलासुस्ती हुनेछ। राज्यका तर्फबाट भय बढ्नेछ। परिवारको साथ मिल्नेछ।

सिंह : दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यले व्यापारमा फाइदा हुनेछ। बोली र व्यवहारमा एकरुपताको खाँचो छ। दान दिएर दिनको सुरुवात गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने छ।

कन्या : जोगिएर यात्रा गर्नुपर्ने दिन छ। हरेक काममा परिवारको साथ र सहयोग प्राप्त हुनेछ। राज्यको माथिल्लो निकायबाट सेवाको अवसर मिल्नेछ। श्रमको मूल्य मिल्ने योग छ ।

तुला : दिन राम्रो छ। महत्त्वपूर्णा निर्णय लिने समय छ। राम्रो कुरामा अगाडि बढ्ने हिम्मत गर्नुपर्नेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। सरकारी सेवामा भए पदोन्नती हुनेछ।

वृश्चिक : सञ्चित धन खर्च हुनेछ। परिवारसँग सल्लाह गरेर मात्र काम गर्नु उचित हुन्छ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ।

धनु : दिन राम्रो छ। स्वास्थ्यले साथ दिँदा मन शान्त बन्ने छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। पठनपाठनमा जोस र जाँगर बढ्नेछ। विपक्षी साथी शान्त भएकाले तपाईंको काम सहजै बन्ने छ।

मकर : दिन राम्रो छ। विदेशी रमझमले मन आकर्षित गर्नेछ। लगानी गर्नु भएको भए वैदेशिक रोजगारीको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

कुम्भ : बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ। शिक्षा र स्वास्थ्यमा शुभ खबर सुनिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। मनमा उत्साह मिल्नेछ ।

मीन : सानो कुराले मन भारी हुनेछ। एकल निर्णय लिनुभन्दा साथीसँग सहकार्य गरेर निर्णय गर्नु उचित हुन्छ। साढेसाती दशाका कारण साथीहरुले तपाईंको कुरामा टिप्पणी गर्ने जोखिम छ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ५ : २१ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६