सावधानी अपनाए कोरोना संक्रमित छिमेकमै भएपनि सर्दैन : स्वास्थ्य मन्त्रालय « Khabarhub

सावधानी अपनाए कोरोना संक्रमित छिमेकमै भएपनि सर्दैन : स्वास्थ्य मन्त्रालय


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उचित सावधानी अपनाउने हो भने कोरोना संक्रमित टोल वा छिमेकमा भए पनि अन्य व्यक्तिलाई नसर्ने जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमितको नजिक गएमात्र कोरोना सर्ने तर संक्रमित टोल वा छिमेकमा रहँदैमा भने नसर्ने बताएका हुन् ।

‘कोरोना संक्रमित आफ्नो टोल छिमेकमा हुँदैमा कोरोना हाम्रो घरमा पनि आउँछ र सर्छ भन्ने भ्रम हो । हामी सबैले स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाएमा कोरोना संक्रमणबाट बच्न सकिन्छ । कोरोना संक्रमित व्यक्तिलाई टाढाबाट हेर्दा, टोल छिमेकमै रहँदा हामी डराउनु पर्दैन ।’ डा गौतमले भने, ‘यदि कोरोना संक्रमित आफ्नो कोठामा छुट्टै बसेको घरमा आईसोलेशनमा बस्दा पालना गर्नुपर्ने मापदण्डहरु पालना गरेमा संक्रमण सर्ने सम्भावना हुँदैन ।’

डा गौतमले कोरोना संक्रमित व्यक्तिबाट दुई मिटरभन्दा नजिक बस्दा, खोक्दा वा हाछिंयू गर्दा निस्कने छिटाहरुबाट र उनीहरुले प्रयोग गरेका सामान साटासाट गरेमा मात्र कोरोना सर्ने बताए ।

उनले संक्रमित व्यक्तिलाई कुनै लक्षण देखिएको छैन भने घरमा आइसोलेसन बस्न पाउने प्रावधान सरकारले गरेको पनि बताए । उनले कोरोना संक्रमित घरमा बस्दैमा अपहेलना नगर्न पनि आग्रह गरे ।

‘कोरोना संक्रमित घरमा बस्दैमा अपहेलना, लाञ्छना वा छिछि दुरदुर नगरौं, अनावश्यक भ्रम सिर्जना नगरौं, यस अप्ठ्यारो परिस्थितिमा एक अर्कालाई सहयोग गरौ । अहिले आत्मा विश्वाश बढाउने बेला हो,’ डा गौतमले भने, ‘यही अप्ठ्यारो बेलामा नै असल र सहयोगी छिमेकी, आफन्त र साथीभाइको पहिचान बनाउने बेला हो ।’

डा गौतमले हामी जो कोही पनि जुनसुकै बेला संक्रमित हुनसक्ने भएकाले अलिहे संक्रमित भएकाहरुलाई पनि माया र सम्मान गर्न आग्रह गरे ।

डा गौतमले आफ्नो घर परिवारसँग टाढा रहेर बिरामीको उपचार तथा सेवामा खटिएका स्वास्थ्यकर्मीको सम्मान गर्न पनि आग्रह गरे ।

‘यस अप्ठ्यारो परिस्थितिमा आफ्नो घरपरिवार, बालबालिकालाई छाडेर तपाइँ हाम्रै स्वास्थ्य सेवामा अहोरात्र खटिने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र अन्य सहयोगी कर्मचारीहरु सधैं सम्मानका पात्रहरु हुन्,’ डा गौतमले बताए ।

उनले कोरोना भाइरसको संक्रमणबाट आफू बच्न र अरुलाई पनि बचाउन एक अर्का बीच कम्तिमा दुई मिटरको दूरी कायम गर्ने, अति आवश्यक पर्दा मात्र घरबाहिर जाने, घर बाहिर निस्किँदा मास्क अनिबार्य रुपमा प्रयोग गर्ने, साबुन पानीले कम्तिमा २० सेकेण्डसम्म हात धुनुपर्ने बताए ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ६ : ०९ बजे

१७ गतेदेखि छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुने

काठमाडौं– आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा जेठ १७ गतेदेखि काठमाडौंमा

बागमती सरकारले क्यान्सरदेखि मानसिक स्वास्थ्यसम्म सेवा विस्तार गर्ने 

काठमाडौं– बागमती प्रदेश सरकारले आधुनिक जीवनशैली, मानसिक तनाव र विभिन्न

यूएफसी छनोटमा फिलिपिन्सका प्रतिस्पर्धीलाई सजिलै हराए रवीन्द्र ढाँटले

काठमाडौं- नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी

बजेट प्रस्तुतीका लागि सङ्घीय संसद्को संयुक्त बैठकको तयारी पूरा

काठमाडौं– सङ्घीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०८३-८४ को राजस्व

‘एक स्थानीय तह एक अस्पताल’ कार्यक्रमअन्तर्गत बने १ सय ९ अस्पताल 

काठमाडौं– ‘एक स्थानीय तह एक अस्पताल’ कार्यक्रम अन्तर्गत हालसम्म १