पोखरामा जीपको ठक्करबाट दुई प्रहरीको मृत्यु « Khabarhub

पोखरामा जीपको ठक्करबाट दुई प्रहरीको मृत्यु


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखराको पस्याङ्मा सवारी दुर्घटना हुँदा मोटरसाइकलमा गस्ती गरिरहेका दुई जना प्रहरीको ज्यान गएको छ ।

ग१ब ३६९ नम्बरको मोटरसाइकलबाट गस्ती गरिरहेका प्रहरीलाई ग २ च २६२६ नम्बरको बोलेरो जीपले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

हमालका अनुसार दुर्घटनामा परेका प्रहरी जवान पाल्पा घर भएका २० वर्षका चन्द्रबहादुर बगालेको घटनास्थलमै मृत्यु भएको हो । प्रहरी हवल्दार ३४ वर्षीय डम्बरबहादुर थारुको भने उपचारको क्रममा मृत्यु भएको छ ।

उनीहरु दुवै वडा प्रहरी कार्यालय बैदाममा कार्यरत थिए । जीप चालक धादिङ जिल्ला धुनीबेशी गाउँपालिका–५ घर भई कास्कीको पोखरा महानगरपालिका–२३ बस्ने विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ६ : ५७ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको