बालिकालाई दुर्व्यवहार गर्नेमाथि मुद्दा दायर « Khabarhub

बालिकालाई दुर्व्यवहार गर्नेमाथि मुद्दा दायर


३ भदौ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट – रातहटको कटहरिया नगरपालिकामा एक दलित बालिकालाई जबर्जस्ती करणी गरेको उद्योग एक युवकलाई मुद्दा दर्ता गरिएको छ ।

कटहरिया  २ जमुनियाका २० वर्षीय सुनिलकुमार साहविरुद्ध मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख ज्ञानकुमार महतोले बताए ।

चार दिनअघि गाउँकै एक दलित बालिकालाई ललाइफकाई करणी गर्न लागेको भन्ने पीडितका बाबुको उजूरीका आधारमा मुद्दा दर्ता गरिएको र  बालिकाको स्वास्थ परीक्षणसमेत भएको डिएसपी महतोले जानकारी दिए ।

घटनालगत्तै आरोपी साह फरार रहेकाले उनको खोजी र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ८ : २६ बजे

अमेरिकी मध्यावधि चुनावमा चार करोड ३० लाखभन्दा बढीले गरे मतदान

वासिङ्टन- अमेरिकामा मध्यावधि निर्वाचन हुन एक साताभन्दा कम समय बाँकी रहँदा

भुटानमा हिमताल विस्फोटपछि भारतका छ जिल्लामा उच्च सतर्कता

नयाँदिल्ली- भुटानको हिमाली क्षेत्रमा हिमताल विस्फोटबाट आएको बाढीको जोखिम बढेपछि

‘अर्नब’को प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

ताप्लेजुङ– बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको

ब्रसेल्समा संयुक्त पर्यटन प्रवर्द्धन कार्यक्रम : सेलरोटी र छोइलामा रमाए पाहुना

काठमाडौँ–  ब्रसेल्सस्थित नेपाली राजदूतावासले भुटान, माल्दिभ्स र श्रीलंकाका राजदूतावाससँगको सहकार्यमा

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा