‘आयोगको नेतृत्व, सबैको दायित्व’ भन्ने अवधारणा अघि बढाउँछौँ : निर्वाचन आयोग « Khabarhub

‘आयोगको नेतृत्व, सबैको दायित्व’ भन्ने अवधारणा अघि बढाउँछौँ : निर्वाचन आयोग


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगले निर्वाचन तथा नागरिक शिक्षा जनशक्तिको क्षमता विकासका लागि तयार भएका श्रोत सामग्रीको अधिकतम उपयोग गरी स्थानीय सरकार र सबै साझेदार संस्थासँग सहकार्य गर्ने नीति अघि सारेको छ ।

आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्यक्रमको समीक्षामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनका सबै चरणमा निर्वाचन सरोकारवालाको महत्वपूर्ण संलग्नताका लागि सहकार्य आवश्यक रहेको बताए ।

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण ‘भर्चुल’ माध्यमबाट आयोजना गरिएको समीक्षामा आयोग पदाधिकारी, कर्मचारीका साथै ७७ जिल्ला निर्वाचन अधिकारी र विकास साझेदार संस्थाका प्रतिनिधि सहभागी थिए ।

पाँच दिने उक्त समीक्षाबाट निर्वाचनमा ‘आयोगको नेतृत्व, सबैको दायित्व’ भन्ने अवधारणाका साथ अघि बढ्ने निष्कर्ष निकालिएको छ ।

समीक्षामा गत आर्थिक वर्ष २०७६/७७ मा सञ्चालित वार्षिक कार्यक्र र क्रियाकलापको कार्यान्वयनको अवस्था, वार्षिक बजेट तथा खर्चको विवरण, कार्यक्रम कार्यान्वयनमा देखिएका मुख्य समस्या, समाधानका लागि गरिएका प्रयास, आयोगको सचिवालयसँग गरिएको अपेक्षालगायत विषयमा गहन छलफल भएको थियो ।

जिल्ला निर्वाचन कार्यालयका लागि कार्यालय भवन प्राप्त गर्ने, मतदान केन्द्र निर्धारण मापदण्ड तर्जुमा र कार्यान्वयन, आयोगको स्मारिका प्रकाशनलगायत विषय पनि बृहत्तर छलफल भएको थियो । जिल्ला निर्वाचन कार्यालयको कार्य सम्पादनस्तर सन्तोषजनक रहेको समीक्षाबाट निचोड निकालिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ९ : ०४ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको