काठमाडौं उपत्यका निषेधाज्ञा : ‘मर्निङ वाक’ निस्के पनि कारबाही « Khabarhub

काठमाडौं उपत्यका निषेधाज्ञा : ‘मर्निङ वाक’ निस्के पनि कारबाही


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपत्यकामा निषेधाज्ञाका वेला ‘मर्निङ वाक’ गर्न पनि नपाइने भएको छ । प्रहरीले अत्यावश्यकबाहेकका गतिविधिमा कडाइ गर्ने भएको छ ।

काठमाण्डाै उपत्यकामा तपाईँ बिहीबारदेखि मर्निङ वाक या अरु कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ?

एकै छिन त हो, त्यहीँ पर पुगेर आइहाल्छु नि भन्ने सोचमा निस्कने सोच बनाउनुभएको छ ? यदि त्यसो गर्नुभयो भने तपाईँ कारबाहीमा पर्न सक्नुहुन्छ ।

बुधबार रातिदेखि लागू हुने निषेधाज्ञाको आदेशअनुसार यसपाली भने प्रहरीले अत्यावश्यक बाहेकका गतिविधिमा निकै कडाइ गर्ने छ । काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने , ‘मर्निङ वा इभिनिङ वाक जान्छु भन्ने सोचेर ननिस्किनुहोस्, सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही हुन्छ ।’

त्याे ऐनमा आदेशलाई अपहेलना गर्ने व्यक्तिमाथि एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । त्यस्तै यो ऐन अन्तर्गत अधिकृत व्यक्तिलाई काममा बाधा पुर्‍याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

कोभिड–१९ को सङ्क्रमण फैलिँदै गएकाले यसअघि लकडाउनमा अपनाइएको सहजीकरणसमेत यसपाली हुने छैन ।

कुनै सवारी पाससमेत जारी गरिने छैन । त्यसैले लकडाउनभन्दा बुधबार राति १२ः०० बजेदेखि लागू हुने निषेधाज्ञाको आदेश थप कडा हुनेछ ।

यसअघि उपत्यकामा कुनै दिन पनि बढी जोखिम भएको थिएन । यस पटक दैनिक एक सयभन्दा बढी सङ्क्रमित देखिन थालेको र अस्पतालमा शय्याकाे समेत अभाव हुन थालेपछि उपत्यकामा महामारीको अवस्था रहेकाले कडाइ गर्नुपर्ने अवस्था आएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले प्रशासनको निर्णयअनुसार महानगरीय प्रहरी कार्यालयमार्फत आवश्यक ड्युटी खटाउनेदेखि तयारीका सबै व्यवस्थापन गरिएको जानकारी दिए । आदेश पालनामा कुनै कसर बाँकी नराख्ने उनले बताए ।

उपत्यकाका तीन जिल्लाका प्रजिअको मङ्गलबारको बैठकले बुधबार रातिदेखि लागू हुने गरी अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेधको आदेश जारी गरेको छ ।

राति १२ः०० बजेदेखि अत्यावश्यक बाहेकका गतिविधि गर्न पाइने छैन । त्याे आदेश यही भदौ १० गतेसम्म लागू हुनेछ ।

सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम काठमाण्डाै उपत्यकामा लागू हुने गरी याे निर्णय गरिएको हो । अनावश्यक रुपमा मानिस घरबाट निस्किए कारबाही हुनेछ । सार्वजनिक तथा निजी सवारी साधनसमेत निस्कन पाउने छैनन् । यसपाली खाद्यान्न, औषधिजन्य बाहेकका ढुवानीसमेत रोकेको प्रजिअ दाहालले बताए ।

अत्यावश्यक सामग्रीलगायतका मालवाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी मात्रै सञ्चालन हुने छन् । काठमाण्डाै उपत्यकाभित्र सवारी प्रवेशमा पनि निषेध गरिएको छ । जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधनसमेत सञ्चालन गर्न पाइने छैन ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ९ : ३५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्