यूएईको गोप्य भ्रमणमा नेतान्याहू « Khabarhub

यूएईको गोप्य भ्रमणमा नेतान्याहू


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) को गोप्य भ्रमण गरी राष्ट्रपति शेख मोहम्मद बिन जायदसँग भेटवार्ता गरेको सीएनएनले जनाएको छ ।

एक इजरायली स्रोतलाई उद्धृत गर्दै सीएनएनले दुई नेताबीचको छलफल मुख्य रूपमा इरानसँग सम्बन्धित क्षेत्रीय सुरक्षा चिन्तामा केन्द्रित रहेको जनाएको हो । यद्यपि, समाचार तयार पार्दासम्म नेतान्याहूको कार्यालय वा यूएई नेतृत्वले भ्रमणको पुष्टि गरेका छैनन् ।

यसअघि पनि नेतान्याहूले यूएईको गोप्य भ्रमण गरेको रिपोर्ट सार्वजनिक भएको थियो । त्यतिबेला यूएईले घोषणा नगरिएको भ्रमणसम्बन्धी दाबीलाई आधारहीन भन्दै अस्वीकार गरेको थियो ।

पछिल्लो भ्रमण पश्चिम एसियामा तनाव जारी रहेका बेला भएको बताइएको छ । हालै संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेतान्याहूले इरानको वर्तमान शासन पतन हुने दाबी गरेका थिए । उनले इरानविरुद्ध इजरायलले गरेको सैन्य कारबाही आफ्नो सुरक्षाका लागि आवश्यक भएको बताएका थिए ।

यसैबीच इरानी राष्ट्रपति मसूद पेजेस्कियानले यूएईसहित कुनै पनि क्षेत्रीय देशसँग इरानको समस्या नरहेको बताएका छन् । उनले अमेरिकी सैन्य अड्डाबाट इरानमाथि आक्रमण भइरहेको भन्दै त्यस्ता अड्डाको उपस्थितिप्रति आपत्ति जनाएका छन्।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  १० : ५२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्