सीपीएल क्रिकेट : पहिलो खेलमा सन्दीपले लिए एक विकेट « Khabarhub

सीपीएल क्रिकेट : पहिलो खेलमा सन्दीपले लिए एक विकेट


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट अन्तर्गतको पहिलो खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले विकेट हात पारेका छन् ।

जमैका तलाहवाजबाट खेलिरहेका सन्दीपले आफ्नो चार ओभरको स्पेलको अन्तिम ओभरमा एक विकेट लिन सफल भएका हुन् ।

सेन्ट लुसिया जुक्ससँग भइरहेको खेलमा सन्दीपले अफगानी खेलाडी नजिबुल्लाह जाद्रानलाई आउट गरेका हुन् ।

२० बलमा २५ रन बनाएर खेलिरहेका जाद्रान ठूलो सट प्रहार गर्ने क्रममा रोभमन पावेलको हातबाट समातिएका थिए । सन्दीपले ४ ओभरमा २३ रन खर्चदैँ १ विकेट लिएका हुन् ।

टस हारेर ब्याटिङ थालेको जुक्सले ताजा अवस्थामा पहिलो इनिङको खेल सकिदाँ ७ विकेट गुमाएर १५८ रन बनाएको छ ।

उसका लागि रस्टन चेजले ५२ रनको योगदान दिएका छन् । त्यसैगरी जमैकाका मुजिब उर रहमान र ओसेन थोमसले २- २ विकेट लिएका छन् ।

जमैकाले १५९ रनको लक्ष्य पछ्याएर ब्याटिङ गर्दैछ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ९ : ४७ बजे

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका

कर्णालीमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च

कर्णाली– कर्णाली प्रदेशमा विद्यालय छोड्ने छात्रभन्दा छात्राको दर उच्च रहेको

मध्यपहाडको साइकलयात्रामा क्यान्सर विजेतासहितको टोली

गण्डकी– “क्यान्सरलाई जितेपछिको खुसी र सन्तुष्टि अरूलाई बाँड्न चाहन्छु”, हाल