निषेधज्ञा उल्लंघन गरे हुनसक्छ एक महिनासम्म कैद ! « Khabarhub

निषेधज्ञा उल्लंघन गरे हुनसक्छ एक महिनासम्म कैद !


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आज राति १२ बजेदेखि १० भदौ राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका छन्।

काठमाडौंमा कोरोना संक्रमणको दर बढ्दै गएपछि तीन वटै जिल्लामा निषेधाज्ञाको आदेश जारी गरिएको हो।

तीन वटै जिल्लाका सुरक्षा समितिको संयुक्त बैठकले निषेधाज्ञामा सर्वसाधारणले के गर्न सक्छन् र उनीहरूका कस्ता क्रियाकलापमा रोक लगाउने हो भन्नेबारे निर्णण गरेर प्रमुख जिल्ला अधिकारीले त्यसैअनुसार आदेश जारी गरेका हुन्।

उक्त आदेश अनुसार औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन मिल्दैन। यी काममा बाहेक उपत्यकाका तीन वटै जिल्लामा निजी र तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न पाइँदैन।

त्यस्तै स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक काठमाडौं उपत्यकाभित्र सवारी साधन प्रवेश गर्न पाउँदैनन्। अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न पनि पाइँदैन।

प्रमुख जिल्ला अधिकारीहरूले जारी गरेका निषेधाज्ञामा समेटिएका ती आदेशको उल्लंघन गर्नेलाई कडा कारवाही हुनसक्छ। ती आदेशहरू संक्रामक रोग ऐन, २०२० अनुसार जारी भएकाले आदेशको उल्लंघन गर्नेलाई पनि सोही ऐनअनुसार कारवाही हुने भएको हो।

उक्त ऐनको दफा ३ मा त्यसरी दिइएको आदेश नमान्ने व्यक्तिलाई एक महिनासम्म कैद वा एक सय रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने प्रावधान छ।

यही ऐनअनुसार आदेश कार्यान्वयन गर्न खटिएका अधिकृत व्यक्तिहरूको काममा बाधा पुर्‍याउनेलाई अझ कडा सजाय हुनसक्छ। सोही ऐनको दफा ३ को उपदफा २ मा त्यसरी बाधा पुर्‍याउने व्यक्तिलाई ६ महिनासम्म कैद वा रू. ६०० सम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  १० : २४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्