भारतमा कोरोना संक्रमितको संख्या ५३ लाख नाघ्यो, एकैदिन ९२ हजारमा संक्रमण « Khabarhub

भारतमा कोरोना संक्रमितको संख्या ५३ लाख नाघ्यो, एकैदिन ९२ हजारमा संक्रमण


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना भाइरस संक्रमितको संख्या ५३ लाख नाघेको छ ।

दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ९२ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

शनिबार भारतमा ९२ हजार ७८९ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५३ लाख ५ हजार ४५७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ४२ लाख ५ हजार २०१ जना संक्रमणमुक्त भएका छन् भने १० लाख १४ हजार ६४९ जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार २२१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८५ हजार ६२५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ५ : ४५ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ