‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ बनाउन सरकार अगाडि बढ्दै छ : मुख्यमन्त्री राई « Khabarhub

‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ बनाउन सरकार अगाडि बढ्दै छ : मुख्यमन्त्री राई


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधान दिवसले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत र समृद्ध सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा थप प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्न तथा सोही अभियानलाई सफल बनाउन ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ बनाउने प्रादेशिक मूल नाराका साथ प्रदेश सरकार अगाडि बढिरहेको जनाउँदै सोका लागि समाजका सबै वर्ग, समूह, पेशा र क्षेत्रको सहकार्यमा जोड दिएका छन् ।

कृषि, पर्यटन, उद्योग, पूर्वाधार विकास, सामाजिक तथा मानवीय विकास प्रदेश सरकारको प्राथमिकतामा परेको,  समावेशी सहभागिता र न्यायपूर्ण समाज निर्माणलाई महत्व दिइएको उनले बताए ।

सबै समुदायका धर्म, संस्कृति, भाषा, लिपी कलाको संरक्षण गर्दै राष्ट्र निर्माणलाई मजबुत बनाउने अभिप्रायका साथ प्रदेश सरकार आफ्नो मध्यावधि कार्यावधिको समीक्षा गर्दै बाँकी समयमा गरिने कार्यको योजनासहित केही दिनमा प्रस्तुत हुनेसमेत उनले जानकारी दिए ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ९ : २० बजे

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल