नयाँ अवसरको खोजी गर्दै संविधानको कार्यान्वयन गर्नुपर्ने दायित्व हाम्रासामु छः प्रधानन्यायाधीश | Khabarhub Khabarhub

नयाँ अवसरको खोजी गर्दै संविधानको कार्यान्वयन गर्नुपर्ने दायित्व हाम्रासामु छः प्रधानन्यायाधीश


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नयाँ अवसरको खोजि गर्दै राज्यसामु नयाँ संविधान कार्यान्वयनको दायित्व भएको उल्लेख गरेका छन् ।

पाचौँ संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै जबराले नयाँ संविधानसँगै जनतामा जागेको नयाँ आशालाई व्यवहारमा उतार्न कार्यान्वयनमा जान पर्ने बताए ।

‘महामारीको परिस्थितिमा नयाँ आशा, नयाँ क्षितिज र अवसरको खोजी गर्दै संविधानको कार्यान्वयन गर्नुपर्ने दायित्व हाम्रा सामु छ, राज्यका सबै निकायहरूको त्यसतर्फको क्रियाशीलता, आपसी विश्वास, समन्वय र सहकार्यबाट नै आम नागरिकमा विश्वास र भरोसा जागृत हुन सक्दछ’, सन्देशमा भनिएको छ ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण लामो समयदेखि कठिन परिस्थितिको सामना गरिरहेका र न्यायपालिकालगायत राज्यका सबै अङ्ग र निकायका काम कारबाही यसबाट प्रभावित भएको उक्त सन्देशमा उल्लेख छ ।

आम नागरिकका संविधानप्रदत्त हक अधिकार र आधारभूत सुविधाको प्राप्ति एवम् न्यायको पहुँचमा कठिनाइ उत्पन्न भएको सन्देशमा भनिएको छ ।

‘नेपालको संविधानले सुम्पिएको जिम्मेवारी र भूमिकाप्रति संवेदनशील हुँदै छिटोछरितो एवम् प्रभावकारी न्याय सम्पादनको माध्यमबाट सबैलाई न्याय सुनिश्चित गर्न न्यायपालिका सदैव क्रियाशील रहँदै आएको छ’, सन्देशमा भनिएको छ, ‘न्यायपालिकाको सुधारको विषयमा व्यक्त चासो, सरोकार र समसामयिक सुझावहरूलाई ग्रहण गर्दै सम्बोधनका लागि उपयुक्त पहलकदमी भएका छन्, न्यायपालिकाका काम कारवाही एवम् सुधारका प्रयासहरूप्रति विश्वस्त हुन पनि म सबैमा हार्दिक आग्रह गर्दछु ।’

साथै नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितता गर्दै भरोसायोग्य न्यायप्रणालीको स्थापना र संविधानको कार्यान्वयनमा आफू प्रतिबद्ध रहेकोसमेत उनले बताए ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ९ : ५० बजे

नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगंजमा शुरु

वीरगंज– नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगञ्जमा सुरु भएको

घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध

इलाम २ मा सुहाङ ५३ सय मतले अगाडि, मिलनले २ हजार कटाए

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत देउमाई नगरपालिकाको मतगणना जारी

एनसीसी र क्रोएसियाका व्यवसायीबीच सहकार्य गर्ने समझदारी

काठमाडौं – नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र क्रोएसियाली व्यवसायीबीच

राष्ट्रिय पुरुष तथा महिला खुला फुल कन्ट्याक्ट कराते वैशाख २४ देखि

काठमाडौं– नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १८ औं