व्यवस्था परिवर्तन गर्न अब विद्रोह गर्न पर्दैन, चुनाव जिते पुग्छ « Khabarhub

व्यवस्था परिवर्तन गर्न अब विद्रोह गर्न पर्दैन, चुनाव जिते पुग्छ



काठमाडौँ- आज संविधान दिवस । नेपालमा संविधानसभाले संविधान जारी गरेका ५ वर्ष पूरा भएको छ । २०७२ साल असोज ३ गते नेपालमा पहिलोपटक जनताका प्रतिनिधिले संविधान जारी गरेको थियो ।

कोरोना महामारीका कारणले उल्लासपूर्णरूपमा यसपालिको संविधान दिवस मनाउने अवस्था नभए पनि स्वास्थ्य मापदण्ड अपनाएर संविधान दिवस मनाइँदैछ ।

नेपालमा २००७ सालदेखि नै संविधानसभाबाट संविधान जारी गर्ने विषयमा छलफल शुरु भएको भए पनि १० वर्षे सशस्त्र द्वन्द्व, २०६२/०६३ को जनआन्दोलन र मधेश आन्दोलनले नेपालमा संविधानसभाको चुनाव साकार भएको बताउने गरिन्छ । नेपालमा संविधान जारी गर्ने समयमा काठमाडौंमा संविधान जारी हुने समय अर्थात् २०७२ असोज ३ गतेको बेलुकातिर देशको तराईमा भने कालो दिवसका रुपमा मनाउने निर्णय तत्कालीन मधेशकेन्द्रित दलले गरेका थिए ।

३१ वटा राजनीतिक दल सम्मिलित नेपालको संविधानसभाले संविधान जारी गरेपछि भने आफ्ना माग सुनुवाइ नभएको भन्दै मधेशकेन्द्रित दलले भने अहिलेसम्मै विरोध गर्दै आइरहेका छन् । उनीहरुले ५ वर्षपछिको संविधान दिवससमेत नमनाउने र शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्ने निर्णय गरेका छन् । अहिले पनि मधेशकेन्द्रित दलको विरोध कायमै छ ।

संविधान जारी भएपछि सरकारमासमेत सहभागी मधेशकेन्द्रित दलका नेताहरुले अहिले पनि संविधानप्रति असन्तुष्टि जनाइरहेका छन् । समाजवादी पार्टीका अध्यक्षसमेत रहेका नेता उपेन्द्र यादव भन्छन्, ‘यो संविधान बन्दुकको बलले जारी भएको हो । संविधान जारी गर्ने बेलामा कालोदिवसका रूपमा देशको आधाभन्दा बढी जनसंख्याले विरोध गरेको थियो ।’

नेपालको संविधान जारी हुने दिन अर्थात २०७२ असोज ३ गते मात्रै ४ जनामाथि गोली चलाएर राज्यले हत्या गरेको मधेशकेन्द्रित दलको आरोप छ । संविधानमा फरक मत राखेको भए पनि त्यसको कार्यान्वयनमा राज्य सञ्चालन गर्नेले ध्यान नदिएको उनीहरुले बताउँदै आएका छन् । नेता यादव भन्छन्, ‘संविधान बनाउँदाको दस्तावेजमा जनता र हामीले समेत फरक फरक मत राख्यौँ । त्यसपछि जनअभिमत बुझ्न र सुझाव संकलन गर्न जनताबीच गए पनि जनताले दिएको फरक मतको समेत अवमुल्यन भयो ।’

अहिले पनि संविधान आफूहरुले स्वीकार नगरेको नेता यादवको भनाइ छ । ‘यो संविधानलाई हामीले स्विकार गरेका छैनौं । यो संविधानमा विकृति छ ।

शासकीय स्वरूपमै विकृति छ ।’ अहिलेको निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत चुनाव हुनुपर्ने उनको भनाइ छ ।

उनी भन्छन्, ‘निर्वाचन प्रणाली पनि सही छैन । न पूर्ण समानुपातिक छ, न त पूर्णरूपमा अर्को प्रणाली छ । सामान्य जनताले चुनाव लड्न पनि नसक्ने महँगो चुनावको व्यवस्था गरिएको छ ।’

तर संविधानसभाले नेपालको संविधान जारी गर्ने बेलामा संविधानसभा अध्यक्ष रहेका नेकपा नेता सुवास नेम्वाङ भने संविधान बनाउने बेलामा आएका सुझावलाई समेटेर संविधान बनाइएको बताएका छन् ।

उनले भने, ‘२००७ सालको हाराहारीमा संविधानसभाबाट संविधान बनाउने घोषणा भएको हो । त्यसलाई मुर्तता प्राप्त गर्न ७० वर्षभन्दा लामो समय लाग्यो । धरै ठूलो संघर्षको आधार छ । यो कुरालाई हामीले हेक्का राख्नुपर्छ ।’

जनता वलियो हुँदा संविधानसभाबाट संविधान जारी हुने अवस्था बनेको । जनताको अपेक्षा पनि धेरै भएको उनको भनाई छ ।

उनले भने, ‘जनताको अपेक्षा पनि व्यापक थियो । संविधान बन्ने बेलामा हाम्रा कुराहरु राख्नुपर्छ भनेर आउनुभयो । सुझाव दिनुभयो । यो सबै हामीसमक्ष जनताको सुझाव आए । त्यसलाई सकारात्मक रुपमा लिएको छु । त्यसमै आधारित रहेर हामीले संविधान बनायौँ ।’

संविधान जारी गर्ने बेलामा जनताबीच गएर सुझाव संकलन गरेर त्यहीअनुसार संविधान निर्माण भएको नेता नेम्वाङको दाबी छ । उनले भने, ‘सुझाव संकलनका लागि व्यापक प्रश्नावली लिएर गएका थियौं । अर्कोपटक संविधानको मस्यौदा बोकेर जनताबीच उनीहरुको राय समेत लिएर संविधान निर्माण गरेका हौं ।’

संविधान निर्माण गर्दा सबैका कुरा पूर्ण रुपमा नसमेटिएको भएपनि समझदारी र सम्झौतको दस्तावेजको रुपमा अहिलेको संविधान रहेको उनको भनाइ छ । उनले भने, ‘सबैको कुरा सुनेर सकेसम्म बढि राम्रो संविधान बनाऔँ भनेर लाग्दा समझदारी र सम्झौताको दस्तावेजका रुपमा अहिलेको संविधान बनेको हो ।’

तत्कालीन संविधानसभामा ३१ वटा राजनीतिक दलको सहभागिता रहेको र नेपाल हिन्दुराष्ट्र हुनुपर्छ भन्ने दलसहित संघीयता समेत नेपालका लागि घातक हुन्छ भन्ने दलबीच समेत सहमति कायम गरेर संविधान जारी भएको नेता नेम्वाङले स्मरण गरे ।

‘हामीले व्यापक रुपमा नेपालका दलबीच छलफल गरेर ३१ वटा राजनीतिक दलहरु सम्मिलित संविधानसभाले जारी गरेको हो । सकेसम्म जनताको भावना समेटेर संविधान बनाएका छौं, यसलाई समयसापेक्ष संविधान संशोधन गर्नसकिने गरी जनताको मन जित्दा जुनसुकै बेला पनि संविधान संशोधन हुनसक्छ । अर्थात् राजनीतिक परिवर्तनका लागि अब कसैले पनि विद्रोह गर्न नपर्ने संविधान बनाएका छौं । ५ वर्ष बिताएर अहिले छैटा वर्ष प्रवेश गर्दा मलाई खुसी लागेको छ,’ उनले भने ।

संविधान जारी भएपछि संविधानअनुकुल बनाउनुपर्ने कानूनहरु समेत संशोधन भइसकेको र संविधानको भावनाअनुसार मौलिक हक अन्तर्गतका कानूनसमेत निर्माण भइसकेको नेता नेम्वाङले बताए । उनले भने, ‘३ वर्षभित्र हामीले संविधानले व्यवस्था गरे अनुसारको मौलिक हकसम्बन्धी कानून निर्माण गरेका छौं । संविधानअनुसार स्थानीय तहको स्थापना गर्‍यौँ ।’

प्रदेश, संघीय संसदको चुनाव गरेर संघीयतासहितको कार्यान्वयनका लागि ५ वर्ष पपुग्दा धेरै उपलब्धि भएको उनको भनाई छ । उनले भने, ‘५ वर्ष भयो, संविधान जारी भएको छ । शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न हुन अझै पनि सकेको छैन । संसदको आगामी अधिवेशनमा शान्तिप्रक्रियासँग सम्बन्धित ऐन संशोधन गरेर आगामी २ वर्षभित्र शान्ति प्रक्रियलाई टुंगोमा पुयाउँछौँ । जनतामा अझै पनि कतिपय कुरामा टिप्पणी छन् । यो अवधिमा भएका कमीकमजोरीलाई सच्याउँदै अघि बढ्छौँ ।’

राजनीतिक व्यवस्था परिवर्तन गर्न अब कसैले पनि विद्रोह गर्नुपर्ने अबस्था नरहेको नेम्वङको भनाइ छ । उनी भन्छन्, ‘व्यक्ति, पार्टी र अहिलेको अन्य राजनीतिक व्यवस्था परिवर्तन गर्न चुनाव जितेर संसदमा आउनुस् तपाईको चाहनाअनुसारको राजनीतिक परिवर्तन पूरा हुनसक्छ ।’

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ९ : ३७ बजे

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

भक्तपुर– भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ

१५० दिनमै प्रधानमन्त्री बालेन कमजोर बनेको इन्डिया टुडेको दाबी

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहको नेतृत्वबारे भारतीय सञ्चारमाध्यम