‘संकीर्णता छाडेर मुलुक विकासमा लागौँ, विकसित मुलुक पनि दशकअघि हाम्रै हालतमा थिए’ « Khabarhub

‘संकीर्णता छाडेर मुलुक विकासमा लागौँ, विकसित मुलुक पनि दशकअघि हाम्रै हालतमा थिए’


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रकारका संकीर्णता छाडेर अब मुलुक विकासमा लाग्न आग्रह गरेका छन् ।

संविधान दिवसका अवसरमा आज देशबासीका नाममा टुँडिखेलबाट विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकसित मुलुकहरू पनि दशकअघि विकासकै शिलशिलामा थिए भन्ने स्मरण गराए ।

‘केही दशकअघि विकसित मुलुकको हालत पनि हाम्रै जस्तो थियो, उनीहरूले विकासका लागि आवश्यक स्रोत र साधन प्राप्तिका लागि उपलब्ध हुने कुनै पनि सम्भावनालाई उम्किन दिएनन् । रंग हैन परिणाममा उनीहरूले जोड दिए,’ ओलीले भने, ‘सोचौँ हामीचाँही किन मुसा मार्ने बिरालो कालो वा सेतै खोजिरा छौँ । अब हामी सबै प्रकारका  संकीर्णता र आग्रह पूर्वाग्रह छोडौँ र विकास र उन्नतिको बाटोमा एकताबद्ध भइ अघि बढौँ ।’

संविधानले कसैलाई विभेद गरेको पुष्टि भए औचित्य र आवश्यकताको आधारमा संविधान संसोधन गरिने पनि उनले फेरि दोहोर्‍याए । उनले भने,’ हाम्रो संविधान सबैलाई अटाउने संविधान हो, आशंका वा अस्पस्टता भए त्यसलाई हटाउन सरकार प्रतिबद्ध छ ।’

अव विकासको काम भइहाल्छ नि भनेर पन्छिने अवस्था नरहेको उनले बताए । अब प्रतिबद्धतालाई परिणाममा बदल्ने विकल्प सरकारसँग नभएको उनले बताए ।

सरकारले जनताको जीवनरक्षा पहिला भनेर हरसम्भव प्रयास गरेको पनि उनले उल्लेख गरे ।  जनतालाई सचेत बनाउँदै जीवनरक्षाका लागि छिमेकी मुलुकभन्दा पहिला नियन्त्रण, रोकथाम र उपचारका लागि काम गरिएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणमा सरकारले गरेका कामहरुलाई समीक्षा गर्दा उराठलाग्दो नभएको बताउँदै बरु उत्साहजनक रहेको बताए ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीकाबीच पनि समग्र आर्थिक सूचकहरु नकारात्मक नभएको उल्लेख गरे ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  १० : ४५ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)