बिलमा मिति नलेख्ने व्यापारी भन्छन्- लकडाउनले मिति नै बिर्सिएँ « Khabarhub

बिलमा मिति नलेख्ने व्यापारी भन्छन्- लकडाउनले मिति नै बिर्सिएँ


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ‘लकडाउनले मिति नै बिर्सिएँ सर ! त्यसैले बिलमा नलेखेको,’ काठमाडौँ महानगरपालिका वडा २६ गोङ्गवु टाउन प्लानिङ्मा खाद्य व्यापार गर्ने कृष्णमान श्रेष्ठले सामान बेचेको बिलमा मिति उल्लेख नगर्नुको कारण यसरी बताए ।

उनले खरिद बिलमा केरमेट गरेका थिए । यसको सोझो कारण बताउँदै उनले थपे बिल अंग्रेजीमा पठाउँछन् । आफूलाई अंग्रेजी आउँदैन । त्यही भएर नेपालीमा लेख्न लगाएको ।’

उनको पसलमा बेच्न राखिएका चामलको बोरामा राखिएको ट्यागका अक्षर केरमेट भएकोमा उनले अनभिज्ञता जनाए ।

शनिबार बिहान महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमनका क्रममा व्यापारी श्रेष्ठले यस्तो बताएका हुन् ।

उनको पसल छेवैमा रहेको बिग मार्टमा प्याकेजिङ् अनुमति पत्र नपाएका सामानहरु बिक्रीमा राखिएका थिए । चिप्सलगायत एअर टाइट प्याकेजिङ् खाद्य वस्तुका केही प्याकेजहरुमा हावा फुस्किएको थियो ।

यता मरासिनी स्टोरमा म्याद गुज्रेका खाद्य तथा तेलजन्य बस्तु भेटिए ।

स्टोरकी सञ्चालक प्रमिला मरासिनी शर्मा भन्दैथिइन, ‘लक डाउनले केही मिलाउन पाएको छैन । आज काम गर्ने मान्छे बोलाएकी छु ।’

उनको पसलबाट उपभोग्य म्याद नाघेका आमा व्राण्डको आधा लिटरका १७ प्याकेट तेल, कोसेली ब्राण्डको १ लिटर तेल, ३० केजी मैदा, २ केजी चिनी बरामद गरेर नष्ट गरिएको छ ।

अनुगमन टोली मरासिनी स्टोरमा भएकै बेला मिलन श्रेष्ठले सुनकोशी व्राण्डको १ कार्टुन सुकेको चाउचाउ लिएर आए । तर बिल दिएनन्। सोधखोज गर्दा उनी आलो चाउमिन बनाएर वितरण गर्ने गरेको थाहा भयो ।

छेवैमा उनले करिब ४० प्याकेज आलो चाउमिन मोटरसाइकलमा राखेका थिए । ती सामानमा उत्पादक मिति, उपभोग्य मिति, मूल्य केही पनि उल्लेख थिएन । यो देखेर अनुगमन समितिका सदस्यले सोधे यो चाउमिन खान मिल्छ भनेर कसरी थाहा पाउनु । यो प्रश्न सुनेर श्रेष्ठले उत्तर दिए, ‘छाम्नु त सर, तातै छ । थाहा भइहाल्छ नि ।’

अनुगमन समितिले यस्तो व्यापार गर्न नहुने भनेर श्रेष्ठलाई सचेत गराएर छाड्यो ।

अनुगमन समितिले आज गोङ्गबु आवास क्षेत्रमा भएका खुद्रा पसलहरुको अनुगमन गरेर सुधारका लागि सचेत गराएर छाडेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  १२ : ४१ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर