एकसाथ चार पार्क बनाउँदै ललितपुर महानगर « Khabarhub

एकसाथ चार पार्क बनाउँदै ललितपुर महानगर


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरको जवलाखेल क्षेत्रमा एकै साथ चारवटा पार्क बन्ने भएका छन् ।

यी पार्क ललितपुर महानगरको नगरस्तयरीय गौरवशाली आयोजना अन्तर्गत बन्न लागेका हुन् । ती पार्कको शनिवार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरे ।

चिल्ड्रेन पार्क, मिडल पार्क, पिस पार्क र गणेशमान सिंह पार्क नाम दिइएको यी पार्कहरु कुल २६ आना ३ पैसा जग्गामा निर्माण हुने छन् । यी पार्कको कुल लागत ७८ लाख ४८ हजार रहेको महानगरपालिकाले जनाएको छ ।

पार्कको शिलान्यास गर्दै नगरप्रमुख चिरीबाबु महर्जनले हरियाली र पानीजन्य परियोजनालाई महानगरले प्राथमिकतामा राखेको बताए । उनले भने, ‘ शहरभित्र पार्क निर्माण गर्दा सहरको सौन्दर्य बढ्छ ।’ खुल्ला स्थानको संरक्षण गर्न पार्क निर्माणलाई महत्व दिएको बताए । उनका अनुसार महानगरले खुल्ला ठाउँमा कुनै पनि भवन निर्माण गर्न नदिने नीति लिएको छ ।

अहिले नै खुल्ला ठाउँको संरक्षण नगर्ने हो भने नयाँ पुस्तालाई अन्याय हुने उनले स्पष्ट पारे । प्रमुख महर्जनले भने , ‘म सानो छँदा लगनखेलमा फुटबल खेल्न जान्थेँ, त्यहाँ सबैतिर पोखरी थियो , त्यही पौडी खेल्न सिकेको हो ,हाम्रो पुस्ताले जुन प्रकृतिमा रमाइलो गरेका थियौं ,त्यस्तो रमाइलो हाम्रा छोराछोरी र नातिनतिनाले गर्न पाएका छैनन् ।’ अब पनि संरक्षणमा नजुट्ने हो नयाँ पुस्ताले हामीलाई धिक्कार्ने बताए ।

ललितपुर महानगरपालिकाले लगनखेल, कुमारीपाटीको प्रसादी एकेडेमी नजिकै पार्क निर्माणको तयारी गरिरहेको छ । महानगरपालिकाका वरिष्ठ इन्जिनियर रामरतन शाहले पार्कमा बालमैत्री, अपागंतामत्री हुने बताए ।

कार्यक्रममा उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, पूर्वाधार महाशाखा प्रमुख रुद्र गौतम, सहरी विकास योजना महाशाखा प्रमुख श्रीकुमार महर्जनको उपस्थिति थियो । साथै गणेशमान सिंह सालिक संरक्षण समितिका अध्यक्ष तथा पूर्व सांसद रामकृष्ण चित्रकारको पनि उपस्थिति थियो ।

पार्कका डिजाइनर वृक्ष फाउण्डेसनका अध्यक्ष मिलन राईले पार्क बालमैत्री, अपागंता मैत्री बन्ने बताए । पार्क जैविक विविधतापूर्ण हुने समेत उनले स्पष्ट पारे ।

सीटीईभीटीका पूर्वसदस्य सचिव तथा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष गणेशकुमार बखतीले पार्क निर्माण र संरक्षणमा स्थानीयको भूमिका महत्वपूर्ण हुने बताए ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  २ : ११ बजे

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन

भूतपूर्व सैनिक सम्मेलन आइतबारदेखि हुँदै

काठमाडौँ– भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली सेनाले

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका