एकसाथ चार पार्क बनाउँदै ललितपुर महानगर | Khabarhub Khabarhub

एकसाथ चार पार्क बनाउँदै ललितपुर महानगर


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरको जवलाखेल क्षेत्रमा एकै साथ चारवटा पार्क बन्ने भएका छन् ।

यी पार्क ललितपुर महानगरको नगरस्तयरीय गौरवशाली आयोजना अन्तर्गत बन्न लागेका हुन् । ती पार्कको शनिवार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरे ।

चिल्ड्रेन पार्क, मिडल पार्क, पिस पार्क र गणेशमान सिंह पार्क नाम दिइएको यी पार्कहरु कुल २६ आना ३ पैसा जग्गामा निर्माण हुने छन् । यी पार्कको कुल लागत ७८ लाख ४८ हजार रहेको महानगरपालिकाले जनाएको छ ।

पार्कको शिलान्यास गर्दै नगरप्रमुख चिरीबाबु महर्जनले हरियाली र पानीजन्य परियोजनालाई महानगरले प्राथमिकतामा राखेको बताए । उनले भने, ‘ शहरभित्र पार्क निर्माण गर्दा सहरको सौन्दर्य बढ्छ ।’ खुल्ला स्थानको संरक्षण गर्न पार्क निर्माणलाई महत्व दिएको बताए । उनका अनुसार महानगरले खुल्ला ठाउँमा कुनै पनि भवन निर्माण गर्न नदिने नीति लिएको छ ।

अहिले नै खुल्ला ठाउँको संरक्षण नगर्ने हो भने नयाँ पुस्तालाई अन्याय हुने उनले स्पष्ट पारे । प्रमुख महर्जनले भने , ‘म सानो छँदा लगनखेलमा फुटबल खेल्न जान्थेँ, त्यहाँ सबैतिर पोखरी थियो , त्यही पौडी खेल्न सिकेको हो ,हाम्रो पुस्ताले जुन प्रकृतिमा रमाइलो गरेका थियौं ,त्यस्तो रमाइलो हाम्रा छोराछोरी र नातिनतिनाले गर्न पाएका छैनन् ।’ अब पनि संरक्षणमा नजुट्ने हो नयाँ पुस्ताले हामीलाई धिक्कार्ने बताए ।

ललितपुर महानगरपालिकाले लगनखेल, कुमारीपाटीको प्रसादी एकेडेमी नजिकै पार्क निर्माणको तयारी गरिरहेको छ । महानगरपालिकाका वरिष्ठ इन्जिनियर रामरतन शाहले पार्कमा बालमैत्री, अपागंतामत्री हुने बताए ।

कार्यक्रममा उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, पूर्वाधार महाशाखा प्रमुख रुद्र गौतम, सहरी विकास योजना महाशाखा प्रमुख श्रीकुमार महर्जनको उपस्थिति थियो । साथै गणेशमान सिंह सालिक संरक्षण समितिका अध्यक्ष तथा पूर्व सांसद रामकृष्ण चित्रकारको पनि उपस्थिति थियो ।

पार्कका डिजाइनर वृक्ष फाउण्डेसनका अध्यक्ष मिलन राईले पार्क बालमैत्री, अपागंता मैत्री बन्ने बताए । पार्क जैविक विविधतापूर्ण हुने समेत उनले स्पष्ट पारे ।

सीटीईभीटीका पूर्वसदस्य सचिव तथा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष गणेशकुमार बखतीले पार्क निर्माण र संरक्षणमा स्थानीयको भूमिका महत्वपूर्ण हुने बताए ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  २ : ११ बजे

मोहन बस्नेतलाई इङ्गित गर्दै गगनको चेतावनी- फोहोर चलाएर फोहोरी बन्दिनँ 

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले पूर्वमन्त्री

यस्तो छ क्लियर गर्ने भनिएको चोभार गल्छी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको चोभार गल्छी आसपास थुप्रिएका गेग्रान र ढुंगाहरु हटाएर

सकियो रणवीरको फिल्म रामायणको छायाङ्कन, छुट्ने बेला कलाकारहरू भावुक

काठमाडौं- बलिउड नायक रणवीर कपुर स्टारर फिल्म ‘रामायण : पार्ट

कोशी प्रदेशको परिमार्जित जनस्वास्थ्य नियमावली स्वीकृत

काठमाडौं– कोशी प्रदेश सरकारले परिमार्जित योगदानमूलक कोषको व्यवस्था गर्न बनेको

सांसदहरूको निष्कर्ष : ‘कुलिङ पिरियड’मा संसदीय समिति सचिवालय र दुई मन्त्रालयको बदमासी

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती सेवा विधेकको