गायक शक्ति चन्दको ‘फूल्दै फूल्दै जाउ’ सार्वजनिक « Khabarhub

गायक शक्ति चन्दको ‘फूल्दै फूल्दै जाउ’ सार्वजनिक


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो समय नेपाली लोक तथा दोहोरीको क्षेत्रले फड्को मारेको छ ।

गीत भन्नै वित्तिकै रक, पप, आधुनिक र फिल्मी गीतलाई मात्रै बुझिने नेपाली समाजमा केही बर्ष यता लोकदोहोरी गीतलाई धेरै सुन्न र हेर्न थालेका छन् ।

लोक तथा दोहोरी गीतमा प्रयोग भएका मौलिक लय र शब्दका कारण यसको गरिमासमेत बढेको छ । अझ कतिपय फिल्मले त लोक गीतकै साहरा लिएर फिल्म चल्ने विश्वास पनि राख्छन् । सुन्दा पनि मुखैमै झुन्डिने भाकाले लोकदोहोरी गीतलाई थप उचाई दिएको छ ।

यस्तै खालको लोकदोहरी गीत लोकप्रिय गायक शक्ति चन्दले बजारमा ल्याएका छन् । ‘फुल्दै फुल्दै जाउ’ नाम दिएर बजारमा आएको यो गीत युट्युव  हेर्नेको संख्या पनि बढिरहेको छ । तर गायक चन्दले युट्युवको भ्युजकै आधारमा गीतको मुल्यांकन गर्न भने नसुहाउने बताउँछन् ।

उनका अनुसार गीत बनाउँदा गरिएको मेहनत, त्यसमा प्रयोग भएका मौलिक शब्द र लयले उत्तिकै अर्थ राख्दछ ।

गीतमा गायक चन्दसहित लोकप्रिय गायिका मुना थापा मगरको स्वर रहेको छ । चन्द्र परियारको लय, शब्दमा बनेको गीतमा अभिषेक श्रेष्ठ र बसन्ती वलीको अभिनय छ ।

शक्ति चन्द नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीत यसरी हेर्न सकिन्छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ४ : ५५ बजे

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले