सर्लाही सरदमुकाम मलंगवामा आइतबार बिहानसम्म कर्फ्यू « Khabarhub

सर्लाही सरदमुकाम मलंगवामा आइतबार बिहानसम्म कर्फ्यू


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही— सर्लाही प्रशासनले सदरमुकाम मलंगवामा आइतबार बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।

मूर्ति विसर्जनको विषयलाई लिएर मुस्लिम समुदाय र हिन्दु समुदायबीचको विवाद झडपमा परिणत भएपछि हिंसा भड्किन नदिन स्थानीय प्रशासनले शनिबार दिउँसो २ बजेबाट कर्फ्यू आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्थानीय प्रशासन ऐन २०२८ अनुसार सर्वसाधारणलाई घर बाहिर निस्कनै नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको जानकारी दिए ।

बिहीबार विश्वकर्मा पूजाको मूर्ति शुक्रबार विर्सजन गर्न लैजाँदै गर्दा अवरोध भएपछि दुई समुदायबीच झडप भएको थियो । झडपमा दुवै तर्फका १२ जनाभन्दा बढी  घाइते भएका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ७ : ०५ बजे

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र

पूर्णबहादुर खड्काले भने : नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारीबारेका हल्ला निराधार हुन्

काठमाडौं – शेरबहादुर देउवा पक्षीय कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको