प्रिमियर लिग : टोटेनहम र वेस्ट ह्यामको खेल बराबरी « Khabarhub

प्रिमियर लिग : टोटेनहम र वेस्ट ह्यामको खेल बराबरी


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम र वेस्ट ह्याम युनाईटेडबीचको खेल बराबरी भएको छ ।

आइतबार राति भएको खेलमा टोटेनहमले वेस्ट ह्यामसँग ३-३ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा पहिलो हाफमा लिएको ३-० को अग्रता जोगाउन नसक्दा टोटेनहमले बराबरी खेलेको हो ।

टोटेनहमका लागि ह्यारी केनले दुई गोल गरे । यस्तै सन ह्युङ मिनले एक गोल थपे ।

वेस्ट ह्यामका फाबियन बालबेउना र मानुएल लानजिनीले एक/एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको पहिलो मिनेटमै सनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । आठौं मिनेटमा केनले गोल गर्दै घरेलु टोलीलाई २-० को अग्रता दिलाए ।

खेलको १६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा टोटेनहम ३-० ले अघि रह्यो ।

तर, दोस्रो हाफमा वेस्ट ह्याम खेलमा फर्कियो । खेलको ८२औं मिनेटमा फाबियनले गोल गर्दै वेस्ट ह्यामलाई ३-१ को स्थितिमा ल्याए ।

खेलको ८५औं मिनेटमा टोटेनहमका डेभिनसन सान्चेजले आत्मघाती गोल गरेपछि खेल ३-२ को अवस्थामा आयो ।

त्यसपछि खेलको ९० औं मिनेटमा मानुएलले गोल गर्दै खेल ३-३ को बराबरी गर्दै वेस्ट ह्यामलाई हारबाट जोगाए ।

वेस्ट ह्यामसँगको खेलसँगै ग्यारेथ बेलले वेस्ट ह्यामका लागि डेब्यु गरेका छन् । रियल मड्रिडबाट एक सिजनका लागि लोनमा आएका बेल ७२ औं मिनेटमा स्टेभेनको स्थानमा मैदान छिरेका थिए ।

बराबरीसँगै टोटेनहमले ५ खेलमा ८ अंक जोडेको छ । टोटेनहम तालिकाको छैठौँ स्थानमा रहेको छ ।

५ खेलमा ७ अंक जोडेको वेस्ट ह्याम भने आठौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ६ : ०५ बजे

लगातार तीन दिन उच्च पदस्थको शपथ : शुक्रबार प्रधानमन्त्री बन्दै बालेन

काठमाडौँ – सरकारले चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित

उदाउँदो सूर्यलाई अर्घ दिएर वासन्ती छठ समापन

महोत्तरी– मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको