पेरिसमा टाउको काटेर हत्या गरिएका शिक्षकको समर्थनमा हजारौँको प्रदर्शन « Khabarhub

पेरिसमा टाउको काटेर हत्या गरिएका शिक्षकको समर्थनमा हजारौँको प्रदर्शन


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पेरिसमा गत शुक्रबार इस्लामिक अतिवादीले टाउको काटी हत्या गरेका शिक्षक स्यामुअल पटीको समर्थनमा फ्रान्समा हजारौँ मानिसले प्रदर्शन गरेका छन् ।

तस्वीर : ईपीए

आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहमदको कार्टुन देखाएको भन्दै एक जना चेचेन युवाले पटीको टाउको काटेर हत्या गरेका थिए।

त्यसलगत्तै अब्दुल्लख ए नाम गरेका ती व्यक्तिको प्रहरीको गोली प्रहारबाट मृत्यु भएको थियो । घटनाको अनुसन्धानका क्रममा अहिलेसम्म ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रदर्शनकारीहरूले हत्यामा संलग्नलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् ।

पेरिसमा प्रदर्शनमा सहभागी मानिसहरूले फ्रेन्स भाषामा ‘म शिक्षक हुँ’ लेखिएका प्लेकार्ड बोकेका थिए।

टाउको काटी हत्या गरेका शिक्षक स्यामुअल पटी । तस्वीर : एएफपी

राष्ट्रपति एमान्यूअल माँक्रोले उक्त हमलाले सबै ‘इस्लामिक आतङ्कवादी हमला’को सीमाना पार गरेको र ‘अभिव्यक्ति स्वतन्त्रता पढाएकै कारण ती शिक्षक मारिएको’ बताएका छन्।

फ्रेन्च प्रधानमन्त्री जँ क्यास्टेक्सले देशभर ठूला जुलुसमा सहभागी मानिसहरूलाई उनकै शब्दमा ‘फ्रान्स नडराएको’ र ‘आफूहरूलाई विभाजित पार्न नदिने’ बताएका छन्।

अर्थमन्त्री ब्रुनो ले-मेरले केही इस्लामिक सङ्गठनहरूमा रकम आदानप्रदान हुने व्यवस्थामा थप नियन्त्रण गर्न आफूले अब प्रस्ताव गर्ने बताएका छन्।

 

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ८ : ०५ बजे

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९

म्याद गुज्रेका सामग्री फेला परेपछि अनुगमन तीव्र

खोटाङ– चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा– झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि

रेफ्रीमाथि खनिएका मौरिन्होले भने-‘दुई वटा रातो कार्ड दिनुपर्थ्यो’

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत ‘मड्रिड डर्बी’ मा एट्लेटिको मड्रिडसँग