इजरायलका कृषिमन्त्रीसँग राजदूत शाक्यको भेटवार्ता, नेपालमा कृषि फार्म खोल्न आग्रह « Khabarhub

इजरायलका कृषिमन्त्रीसँग राजदूत शाक्यको भेटवार्ता, नेपालमा कृषि फार्म खोल्न आग्रह



दोहा- इजरायलका लागि नेपाली राजदूत डा.अञ्जना शाक्यले त्यहाँका कृषि तथा ग्रामीण विकास मन्त्री एलन शुस्टरसँग भेटवार्ता गरेकी छन् ।

भेटवार्तामा कृषि र पशु विकासको क्षेत्रमा सहयोग तथा त्यसबाट लिन सकिने अवसरका विषयमा छलफल भएको राजदूत शाक्यले जानकारी दिइन् ।

डा. शाक्यले नेपाली किसानहरूलाई इजरायली कृषि प्रविधी सिकाउँदै दुबै देशमा लाभ हुने गरी जनशक्ति उत्पादनका लागि नेपालमा इजरायली कृषि फार्म खोल्न मन्त्री शुस्टरसँग अनुरोध गरेकी छन् ।

भेटका क्रममा नेपालका लागि इजरायलका नवनियुक्त राजदूत हनान गोडर, कृषि मन्त्रालयका उप-महानिर्देशक याकोव पोलेग र सिनाडकोका निर्देशक डानियल वर्नर पनि उपस्थित थिए ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १२ : ४६ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

प्रतिनिधिसभा निर्वाचन : यी हुन् एमालेका उम्मेदवार (सूचीसहित)

काठमाडाैं – नेकपा एमालेले आगामी निर्वाचनका लागि उम्मेदवार टुंग्याउँदै उपमहासचिव

यी हुन् ६३ दलका ३ हजार २१३ जना उम्मेदवार

काठमाडौँ– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची प्रकाशन गरेको छ।

जनकपुरमा बालेन र पूर्वयुवराज पारस एउटै होटलमा

जनकपुरधाम – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र