आन्तरिक र बाह्य पर्यटकका लागि खुल्यो घलेगाउँ « Khabarhub

आन्तरिक र बाह्य पर्यटकका लागि खुल्यो घलेगाउँ


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– कोभिड १९ का कारण बन्द रहेको लमजुङको स्मार्ट भिलेज घलेगाउँ होमस्टे आन्तरिक र बाह्य पर्यटकका लागी खुल्ला गरिएको छ ।

असोज १४ गतेदेखि घलेगाउँमा आन्तरिक र बाह्य पर्यटकलाई खुल्ला गरिएको हो । बन्दाबन्दीसँगै घरवास व्यवसाय संकटमा परेकाले पर्यटकलाई प्रवेश गर्न दिइएको र पर्यटन व्यवसायलाई खुला गरिएको घलेगाउँ पर्यटन व्यवस्थापन समिति घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

६ महिनासम्म सुस्ताएको पर्यटन व्यवसायलाई अघि बढाउन पर्यटकलाई प्रवेश खुला गरिएको छ । घलेका अनुसार घलेगाउँमा पुग्ने पर्यटकले अनिवार्य रुपमा पिसीआर रिपोर्ट लैजानुपर्नेछ ।

सुरक्षा सतर्कता अपनाएर पर्यटकलाई प्रवेश गराएको छ हाल दैनिक ८/१० जना पर्यटक घलेगाउँ पुग्ने गरेका छन् । घलेगाउँ पुग्ने पर्यटकले अनिवार्य मास्क लगाउनुपर्ने र स्थानीयले पनि अनिवार्य मास्क लगाउनुपर्ने नियम बनाइएको छ ।

पर्यटक आगमन खुल्ला गरिएसँगै जिल्लाभित्र र जिल्ला बाहीरका पर्यटक पनि आउन थालेका छन् । १२ घरबाट सुरु गरिएको होमस्टे हाल ३४ घरमा सञ्चालन गरिएको छ ।

समुद्री सतहदेखि करिब २ हजार १ सय मिटर उचाईको घलेगाउँमा २०५७ सालबाट पर्यटन प्रवद्र्धनका कार्यक्रमसहित होमस्टे संचालनमा ल्याइएको थियो। पर्यटकीय सेवा सुविधा, स्थानीय कला संस्कृतिको प्रवद्र्धन तथा गतिविधि, होमस्टे कार्यक्रममा समुदायको संलग्नताले स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा घलेगाउँ परेको छ ।

घलेगाउँमा नमुना चिया वगान, प्राङ्गारिक खेती, परम्परागत गुरुङ संग्रहालय, हिमाली दृष्यावलोकन, सुधारिएको होमस्टे रहेको छ । हिमालको काखको घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ हिमाल, हिमालचुली, मनासलु, बुद्ध, ङादीचुली (डा.हर्क पिक) हिमाल, गणेश लगायतका दर्जन हिमश्रृंखला अवलोकन गर्न सकिन्छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १२ : ५२ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री