अस्पताल सञ्चालकसहित विराटनगरमा थप चार संक्रमितको मृत्यु « Khabarhub

अस्पताल सञ्चालकसहित विराटनगरमा थप चार संक्रमितको मृत्यु


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको विराटनगरमा अस्पताल सञ्चालकसहित थप चार कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तीन पुरुष र एक महिला छन् । उनीहरुको आइतबार राति र सोमबार बिहान मृत्यु भएको हो ।

दुई जनाको नोबेल शिक्षण अस्पताल, एक जनाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र र एक जनाको न्युरो अस्पतालमा मृत्यु भएको हो ।

मोरङको ग्रामथान गाउँपालिका–४ का ६६ वर्षीय वृद्ध पुरुषको नोबेल शिक्षण अस्पतालमा सोमबार बिहान मृत्यु भएको छ । अस्पतालका व्यवस्थापक नारायण दाहालका अनुसार कोभिड अस्पतालको आइसोलेसनमा बिहान ९ बजे ती वृद्धको मृत्यु भएको हो ।

निमोनियाको समस्या रहेकोभन्दै अस्पताल ल्याइएका उनको पीसीआर परीक्षण गराउँदा असोज २९ गते रिपोर्ट पोजेटिभ आएको आएकोमा उपचारका क्रममा मृत्यु भएको दाहालले जानकारी दिए ।

नोबेलमै विराटनगर महानगरपालिका–३ का ६६ वर्षीय वृद्ध पुरुषको आइतबार राति ११ बजेतिर मृत्यु भएको छ । कोरोनाको लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा असोज २७ गते रिपोर्ट उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत संक्रमित महिलाको पनि मृत्यु भएको छ । विराटनगर–२ की ६० वर्षीया महिलाको बिहान ४ बजे मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

ती महिलामा असोज १९ गते कोरोना पुष्टि भएपछि कोभिड अस्पताल भर्ना गरिएको थियो ।

विराटनगरकै न्युरो अस्पतालमा पनि एक संक्रमित पुरुषको मृत्यु भएको छ ।

न्युरोको कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएका मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

मृतक ती पुरूष पथरीमा सञ्चालित मोरङ हस्पिटल प्रा.लिका सञ्चालक पनि हुन् । पथरीशनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यका अनुसार मृतकलाई पीसीआर परीक्षण गराउँदा असोज २२ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

रिपोर्ट पोजेटिभ आउनुभन्दा अघिल्लै दिन श्वासप्रश्वासमा समस्या भएपछि घरमै अक्सिजन दिएर राखिएकोमा अझै समस्या भएपछि  उनलाई असोज २२ गते न्युरो अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १२ : ५९ बजे

मध्य सुडानको एक व्यस्त बजारमा ड्रोन आक्रमण, २८ जनाको मृत्यु

खार्तुम – मध्य सुडानको भीडभाड रहेको बजारमा ड्रोन आक्रमणमा परी

घाइते चितुवा मर्‍यो, कर्मचारी घाइते

अर्घाखाँची – जिल्लाको मालारानी गाउँपालिका—३ मा पासोमा परी घाइते भएको

फेरि पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट

मनाङ मर्स्याङ्दी क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा

कास्की – मनाङ मर्स्याङ्दी क्लब पोखरामा जारी राष्ट्रिय तथा अन्तरराष्ट्रिय