पोखरीमा दुई बालिकाको शव फेला « Khabarhub

पोखरीमा दुई बालिकाको शव फेला


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– दुई बालिका पोखरीमा मृत अवस्थामा फेला परेका छन् ।

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोराका रामकुमार यादवकी आठ वर्षीया छोरी खुशी यादव र सोही ठाउँका उपेन्द्र यादवकी नौ वर्षीया छोरी राधिका यादव पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा आइतबार साँझ भेटिएका हुन् ।

शनिबार दिउँसो आङ्गनमा खेल्दाखेल्दै हराएकी दुवै बालिका साँझसम्म घर नफर्केपछि खोजतलास गरिएको थियो ।

घरपरिवारले राति ८:४५ बजे लक्ष्मीनियाँ प्रहरी चौकीमा बालिका हराएको जानकारी गराएका थिए । प्रहरीमा खबर गरिएपछि खोजतलाश गर्ने क्रममा आइतबार साँझ स्थानीय बाबुजी यादवको पोखरीमा उनीहरुको शव पानीमा तैरिरहेका अवस्थामा फेला परेको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

दुवै बालिकाको डुबेरै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुवै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १ : ५२ बजे

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन

जेन-जी आन्दोलन भड्काउन टिओबी समूहले नियोजित भूमिका खेलेको देखिन्छ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भदौ २३ र २४ गतेको

मध्यरातमा प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पदभार ग्रहण

काठमाडौँ– विवादका बीच प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई दलको नेता बनाउन विधान संशोधन गरिने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दैछ