भियतनाममा भिषण बाढी, ९० जनाको मृत्यु « Khabarhub

भियतनाममा भिषण बाढी, ९० जनाको मृत्यु


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको ज्यान गएको यहाँका प्राकृतिक प्रकोपको उद्धार सम्बन्धी अधिकारीहरुले जनाएका छन् ।

ती अधिकारीका अनुसार भियतनाममा बाढीका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । भारी वर्षासँगै आएको बाढी पहिरोबाट पछिल्लो एक हप्ताभित्र कम्तीमा ९० जनाको मृत्यु भइसकेको उनीहरुले बताएका हुन् ।

साथै ती अधिकारीहरुका अनुसार उक्त बाढी र पहिरोमा परी अरु कम्तीमा पनि ३४ जना व्यक्ति हराइरहेका छन् ।बाढीमा परेर सैनिक ब्यारेक समेत बगाएको बताइएको छ । यहाँका सुरक्षा अधिकारीहरुले यसरी सैनिक ब्यारेक बगाउँदा त्यसमा रहेका सैनिकमध्ये ११ जना सैनिक बेपत्ता भएका छन् ।

उद्धारकर्मीहरुले हराएका ती सैनिक र अरु स्थानीयहरुको खोजी कार्य जारी नै रहेको बताएका छन् । उनीहरुको खोजी कार्य अहिले पनि जारी रहेको सोमबार बताइएको छ ।

भियतनामको मध्य क्षेत्रका कतिपय राज्यहरुमा नै असर परेको छ । जसका कारण यहाँका कम्तीमा पनि ३७ हजार घरमा क्षति पुगेको छ भने यहाँका १ लाख भन्दा बढी व्यक्ति प्रभावित भएका छन् ।

भियतनाममा यही अक्टोबर ६ देखि विभिन्न स्थानमा भीषण वर्षा हुँदा स्थानीय नागरिकका पाँच लाखभन्दा बढी चौपाया पनि मरेका छन् । त्यस्तै कतिपय स्थानमा पहिरोले बस्ती नै बगाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ३ : ०८ बजे

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ