रुघाले लामो समयसम्म सतायो भने के गर्ने ? « Khabarhub

रुघाले लामो समयसम्म सतायो भने के गर्ने ?


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जाडोको मौसम शुरु हुन लाग्दा रुघाखोकी लाग्नु सामान्य कुरा हो । रुघा लागेपछि टाउको दुख्ने, गलामा समस्या आउने, नाकबाट पातलो सिगान बग्ने लगायतका समस्या आउँछन् ।

पाँच दिनसम्म यस्तो समस्या हुनु सामान्य हो तर त्यसभन्दा बढी भयो भने चाहिँ चिकित्सकलाई देखाउनुपर्छ । लामो समयसम्म रुघाको कारण यी हुन् :

कम पानी पिउनु

मानिसहरू गर्मीमा भन्दा जाडोमा कम पानी पिउँछन् जसले गर्दा शरीरमा पानीको मात्रा पुग्दैन । अझ बिरामी हुँदा शरीरलाई पानीको धेरै आवश्यकता पर्छ । पानी, जुस र सूप प्रशस्त पिउनुस् ।

खानपिनमा अनियमितता

बिरामी भएपछि धेरैजसो मानिसले खानपिन छोडिदिन्छन् वा मसलायुक्त खानेकुरा खान्छन् । यसले शरीरलाई हानि गर्छ । बिरामी हुँदा शरीरलाई पोषक तत्त्व दिनुपर्छ । सही खानपान नहुँदा रुघाले लामो समयसम्म सताउँछ ।

तनाव

आजकल धेरै मानिस तनाव लिइरहेका हुन्छन् । तनाव नै धेरैथरी रोगको कारण हो भनी धेरैथरी अनुसन्धानले देखाएका छन् । तपाईंलाई पनि लामो समयसम्म रुघा लागेको छ भने चिकित्सकबाट परीक्षण गराउनुस् किनकि तनावका कारण पनि यसो भएको हुनसक्छ ।

व्यायाम

आवश्यकताभन्दा बढी व्यायामले पनि स्वास्थ्यलाई हानि गर्छ । बिरामी हुँदा व्यायाम गर्नु हुँदैन । रुघा लाग्दा एकदमै हलुका व्यायाम मात्र गर्नुस् ।

निद्रा

व्यस्त जीवनशैलीका कारण मानिसहरू भरपूर निद्रा लिन पाउँदैनन् जसले गर्दा उनीहरूको रुघा ठीक हुँदैन । पूरा निद्रा लिनुभयो भने छिट्टै ठीक हुनुहुनेछ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १ : ४९ बजे

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९

म्याद गुज्रेका सामग्री फेला परेपछि अनुगमन तीव्र

खोटाङ– चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा– झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि