विश्वमा कोरोना संक्रमितको संख्या करीब चार करोड « Khabarhub

विश्वमा कोरोना संक्रमितको संख्या करीब चार करोड


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्व कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या करीब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले सोमबार दिएको पछिल्लो अपडेटमा जनाएको छ ।

यद्यपी विश्वका केही अन्तर्राष्ट्रिय सञ्चार माध्यम कोरोना भाइरस सङ्क्रमितको चार करोड नाघेको जनाएको छन् ।

उक्त विश्वविद्यालयका अनुसार विश्वभरी तीन करोड ९९ लाख ६७ हजार ७३६ जना कोभिड १९ सङ्क्रमित भएका छन् ।

कोरोना सङ्क्रमणको कारण विश्वभरी ११ लाख १३ हजार ३५२ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ ।

यसैबीच विश्वभरी रहेका कुल सङ्क्रमित मध्ये करिब ३ करोड व्यक्ति कोरोना भाइरस मुक्त भएका बताइएको छ ।

कोरोना भाइरसको कारण सब भन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८१ लाख ५० हजार भन्दा बढी व्यक्ति सङ्क्रमित रहेका छन् । कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ ।

विश्वविद्यालयका अनुसार कोरोना सङ्क्रमणबाट अमेरिकामा दुई लाख १९ हजार ६७४ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा छन् । भारतमा ७५ लाख ५० हजार २७३ जना कोरोना भाइरस सङ्क्रमति रहेका छन् । कोरोना सङ्क्रमणबाट १ लाख १४ हजार ६१० जनाको मृत्यु भएको छ ।

विश्वको तुलनामा सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ । भारतमा ६६ लाख ६३ हजार ६०८ व्यक्तिलाई कोरोना भाइरस निको भएको छ ।

ब्राजिलमा ५२ लाख २४ हजार ३६२ व्यक्ति कोरोना सङ्क्रमित रहेका भने एक लाख ५३ हजार ६७५ जनाको मृत्यु भएको छ ।

चौथो स्थानमा रहेको रुसमा १४ लाख ६ हजार ५०४ जना सङ्क्रमित रहेका भने २४ हजार २१२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ कोभिड १९ लाई ‘विश्व महामारी’को घोषणा गरेको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ४ : ०३ बजे

पहिरो पन्छाउन तीन ठाँउमा उपकरण

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर,

‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

नयाँदिल्ली– भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय

पोखरामा अमेरिकी नागरिकको मृत्यु

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक

जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दुई दाजुभाइ

हासेलफेल्डे– जर्मनीको हार्ज पहाडी क्षेत्रमा दुई दाजुभाइले सयौँ वर्ष पुरानो