बेल्जियम नेशन्स लिगको फाइनल्स चरणमा « Khabarhub

बेल्जियम नेशन्स लिगको फाइनल्स चरणमा


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेल्जियम युरोपियन नेशन्स लिग फुटबलको अर्को फाइनल्स चरण पुगेको छ ।

समूह चरण अन्तर्गत बुधबार राति भएको अन्तिम खेलमा डेनमार्कलाई ४–२ ले पराजित गर्दै समूहको शीर्ष स्थानमा रहँदै बेल्जियम अर्को चरण पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा बेल्जियमको जितमा रामेलु लुकाकुले दुई गोल गरे । यस्तै यूरी टिएल्मन्स र केविन डी ब्रुयनाले एक–एक गोल गरे । डेनमार्कका लागि जोनास विण्ड एक गोल गरे । बेल्जियमका नासर चाड्लीले आत्मघाती गोल गरेका थिए ।

तेस्रो मिनेटमा नै यूरीले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएको खेलमा १७ औँ मिनेटमा विण्डले डेनमार्कका लागि बराबरी गोल गरे ।

लुकाकुले ५७ र ६९औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई ३-१ मा पुर्‍याए । ८६औँ मिनेटमा चाड्लीले आत्मघाती गोल गरेर डेनमार्कको खातामा एक गोल थपे ।

डी ब्रूयनाले ८७औँ मिनेटमा गोल गरि बेल्जियमको ४–२ को जित निश्चित गरे ।

फाइनल्स चरणका खेलमा अब बेल्जियम फ्रान्स, इटाली र स्पेनबीच खेल हुनेछ ।

फाइनल्स चरणका खेल २०२१ को अक्टोबरमा हुनेछ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ७ : ४५ बजे

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै