बेल्जियम नेशन्स लिगको फाइनल्स चरणमा « Khabarhub

बेल्जियम नेशन्स लिगको फाइनल्स चरणमा


४ मंसिर २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेल्जियम युरोपियन नेशन्स लिग फुटबलको अर्को फाइनल्स चरण पुगेको छ ।

समूह चरण अन्तर्गत बुधबार राति भएको अन्तिम खेलमा डेनमार्कलाई ४–२ ले पराजित गर्दै समूहको शीर्ष स्थानमा रहँदै बेल्जियम अर्को चरण पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा बेल्जियमको जितमा रामेलु लुकाकुले दुई गोल गरे । यस्तै यूरी टिएल्मन्स र केविन डी ब्रुयनाले एक–एक गोल गरे । डेनमार्कका लागि जोनास विण्ड एक गोल गरे । बेल्जियमका नासर चाड्लीले आत्मघाती गोल गरेका थिए ।

तेस्रो मिनेटमा नै यूरीले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएको खेलमा १७ औँ मिनेटमा विण्डले डेनमार्कका लागि बराबरी गोल गरे ।

लुकाकुले ५७ र ६९औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई ३-१ मा पुर्‍याए । ८६औँ मिनेटमा चाड्लीले आत्मघाती गोल गरेर डेनमार्कको खातामा एक गोल थपे ।

डी ब्रूयनाले ८७औँ मिनेटमा गोल गरि बेल्जियमको ४–२ को जित निश्चित गरे ।

फाइनल्स चरणका खेलमा अब बेल्जियम फ्रान्स, इटाली र स्पेनबीच खेल हुनेछ ।

फाइनल्स चरणका खेल २०२१ को अक्टोबरमा हुनेछ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  ७ : ४५ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म