यो सुगा जसले बचायो आफ्ना मालिकको ज्यान ! « Khabarhub

यो सुगा जसले बचायो आफ्ना मालिकको ज्यान !


४ मंसिर २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- घरमा पालिने जनावहरु मालिकप्रति निकै वफादार हुन्छन् भन्ने कुरा धेरैलाई थाहा भएकै कुरा हो । घरमा पालिएका कुकुरले मालिकप्रति कति वफादारिता देखाउँछन् भन्ने कुरा पनि तपाइँ हामीले देखेकै विषय हो ।

हाल कुकुरले नभएर एउटा पन्छी अर्थात सुगाले मालिकप्रति निकै ठूलो गुन लगाएको विषय सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

एक घटनामा उक्त सुगाले मालिकको ज्यान जोगाएको हो ।

जब घरमा मालिक सुतिरहेका थिए, तब आगो लाग्न शुरु भयो । सुगाले कराउँदा-कराउँदा आफ्नो मालिकलाई बचाउन सफल भएको हो ।

यसको भिडियो ‘सोसल मिडिया’मा अत्याधिक भाइरल बनिरहेको छ । यो घटना क्वीसल्याण्ड राज्यको कंगारु क्षेत्रको हो ।

जहाँको स्याल्स्टोन स्ट्रीटमा न्गूयेन बस्ने गर्दथे । उनी घरमा एक्लै थिए । उनको एउटा साथी ‘एरिक’ नाम गरेको सुगा थियो । जसले उनलाई घरमाआगो लागेपछि चिच्याएर उठाउँदै बचाउन सफल भएको थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहिबार  ५ : १९ बजे

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल कात्तिक १३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १३ गते शुक्रबार सन् २०२६

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा