मम धेरै खानुहुन्छ ? सावधान ! हुन सक्छ यस्तो समस्या « Khabarhub

मम धेरै खानुहुन्छ ? सावधान ! हुन सक्छ यस्तो समस्या


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  अहिले जाडोको मौसम सुरु भएको छ । यो समयमा शहरी क्षेत्रमा बसोबास गर्नेहरु धेरैको खाजाको रोजाई मम हुन सक्छ । हुनपनि मम नेपालीहरूमाझ लोकप्रिय खाजा बनेको छ ।

छिटो मिठो भएकाले पनि मानिसहरूको रोजाईमा मम पर्ने गरेको हो । तर स्वास्थ्यको हिसाबले मम गतिलो कुरा हैन । चिकित्सकहरु भन्छन्, ‘मम धेरै खायो भने रक्तचापको समस्या हुनसक्छ ।’

रक्तचापको परीक्षण १२०/ ८० एमएमएचजीका आधारमा गरिन्छ । यहाँ १२० अंक सिस्टोलिक रक्तचाप हो र यसलाई सामान्य भाषामा हाई प्रेसर भनिन्छ । अनि तलको रक्तचापलाई डाइस्टोलिक भनिन्छ अर्थात् लो प्रेसर ।

वृद्ध व्यक्तिहरूमा सिस्टोलिक रक्तचाप विशेषगरी बढ्छ र लगभग १६०/८० हुन सक्छ । युवामा १४० सिस्टोलिकभन्दा माथिको रक्तचाप र वृद्धहरूमा १५० भन्दा बढी रक्तचाप भएमा एकदमै ध्यान दिनुपर्ने हुन्छ ।

चिकित्सकहरूका अनुसार, अत्यधिक मात्रामा फास्टफूड खाँदा युवामा उच्च रक्तचापको समस्या निकै बढिरहेको छ । तनावपूर्ण जीवनशैली, अनियमित खानपान, फल र तरकारीको साटो मम जस्ता फास्टफूडको सेवन, चिल्लो र
नूनिलो खानेकुरा खाने बानी, निष्क्रिय जीवनशैलीका कारण रक्तचापको समस्या बढिरहेको छ ।

अहिले २० देखि ४० वर्षको उमेरका मानिस उच्च रक्तचापको समस्याबाट पीडित छन् ।

उच्च रक्तचाप आफैंमा एक रोग हो अनि यसले शरीरका अन्य अंगलाई पनि नराम्रो प्रभाव पार्छ । मुटु, कलेजो र मिर्गौलालाई यसले घात गर्छ । आँखालाई पनि यसले हानि गर्छ । उच्च रक्तचापका कारण दिमागका नसाहरू फाट्ने
सम्भावना हुन्छ ।

रक्तचाप सन्तुलनमा राख्नका लागि मम लगायतका खानेकुरा कहिलेकाहीँ मात्र खाने गर्नुपर्छ । नियमित रूपमा रक्तचापको परीक्षण गर्नुपर्छ । स्वास्थ्यस्थितिमा परिवर्तन आउनेबित्तिकै चिकित्सकको परामर्श लिइहाल्नुपर्छ ।

लसुन खाएमा रक्तचापको समस्या निदान हुन्छ किनकि यसले रगत जम्नै दिँदैन र कोलेस्ट्रोलाई नियन्त्रण गर्छ ।

एक ठूलो चम्चामा अमलाको रस र मह बराबर मिसाएर बिहान बेलुका पिउँदा उक्त रक्तचापमा राहत पुग्छ ।

रक्तचाप बढेको छ भने आधा गिलास तातो पानीमा एक चम्चा मरिचको धूलो हालेर दुई दुई घन्टाको फरकमा पिउने गर्नुस् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ७ : ४१ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका