नान्सी पेलोसी सभामुखमा यथावतै रहने डेमोक्रेट पार्टीको निर्णय « Khabarhub

नान्सी पेलोसी सभामुखमा यथावतै रहने डेमोक्रेट पार्टीको निर्णय


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा बहुमत कायम गरेको डेमोक्रेट पार्टीले वर्तमान सभामुख नान्सी पेलोसीलाई नै अर्को दुई वर्षका लागि सभामुखमा चयन गरेको छ ।

अब आगामी जनवरीमा सदनमा सभामुखका लागि मतदान हुनेछ । हाउसमा डेमोक्रेटको बहुमत रहेकाले पेलोसी विजयी हुने निश्चित छ ।

सभामुख पेलोसीले राष्ट्रपति–निर्वाचित जो बाइडेनसँग मिलेर कार्य गर्न आफू तत्पर रहेको बताइन् ।

सन् २०१९ मा पेलोसीले आफू अरु चार वर्षका लागि मात्र सभामुख हुन चाहेको बताएकी थिइन् । हाउस डेमोक्रेटका सदस्यहरुले यसै साता सदनभित्रका विभिन्न पदहरुको नेतृत्वका बारेमा पनि निर्णय गर्दैछन् ।

हाउसका एक तिहाई सदस्यका लागि भएको चुनावमा डेमोक्रेट पार्टीले १० स्थान गुमाएको थियो । यही कारण हाउसमा डेमोक्रेटको झिनो बहुमत कायम भएको छ ।

सभामुख पेलोसीले अमेरिकाका अघिल्तिर रहेका जल्दाबल्दा समस्याहरु जस्तै स्वास्थ्य सेवाको विस्तार, पर्यावरण संरक्षणको सबलीकरण, नीतिगत तहमा पुनर्संरचना र अर्थतन्त्रमा रहेका व्यापक जातीय विभेदलाई सम्बोधनजस्ता विषयमा राष्ट्रपति–निर्वाचित बाइडेनसँग मिलेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

डेमोक्रेटको हाउस कमिटीले बुधबार नै हाउस बहुमत नेतामा स्टेनी होयर र बहुमत ह्वीपमा जेम्स क्लाइबर्नलाई पुनः निर्वाचित गरेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ३ : ४३ बजे

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा

गम्भीर तथा आकस्मिक बीरामीका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा 

काठमाडौं– नर्भिक इन्टरनेशनल अस्पतालले आपतकालीन सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा

मनाइयो २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

काठमाडौं– २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रमको आयोजना

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को निर्वाचन कार्यक्रम स्थगित गरिएको