दिल्लीमा मास्क नलगाए २ हजार जरिवाना « Khabarhub

दिल्लीमा मास्क नलगाए २ हजार जरिवाना


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- कोरोना संक्रमण बढेसगै भारतको नयाँ दिल्लीमा बिनामास्क हिँड्ने व्यक्तिहरुलाई २ हजारसम्म जरिवाना गरिने भएको छ। यसअघि पाँच सय रुपैयाँ लिने गरिएको थियो।

दिल्लीमा कोरोनाको स्थितिमा चर्चा गर्न दिल्लीको मुख्यमन्त्री अरविन्द केजरीवालाले बिहीबार एक सर्वदलीय छलफल बोलाएका थिए।

उनले छलफलमा आएका सुझावहरुलाई ढिला नगरी कार्यान्वयनमा लैजाने बताएका छन्। छलफलपछि पत्रकारसँग कुरा गर्दै उनले दिल्ली सरकारको तयारी र अन्य निर्णयहरु सुनाएका थिए।

उनले मास्क नलागाउने क्रम बढेको र कोरोना फैलदै गएको भन्दै मास्क नलगाउनेहरुलाई जनही २ हजारको दरले जरिवाना गर्ने निर्णय गरेको बताए।

केजरीवालले छठ पुजा गर्दा कोरोनाको ध्यान दिन र सार्वजनिक रुपमा भेला हुँदा ध्यान दिन आग्रह गरेका छन्।

सबै जना एकैपटक पोखरी वा पानीमा रहेर छठ पुजा गर्दा कोरोना फैलन सक्नेतर्फ ध्यान दिने उनले भनेका छन्। उनले दिल्लीमा अहिले बेडको संख्या साढे सात हजार रहेको छ। यसबाहेक दिल्लीमा साढे चार हजार आइसियु बेड पनि उपलब्ध रहेको उनले जानकारी दिए।

दिल्लीका अस्पतालमा ८० प्रतिशत आइसियु बेड कोरोनाका लागि रिजर्भ गरिएको उनले बताए।

केन्द्र सरकारसँग मिलेर १४ हजार बेडको बन्दोबस्त गरिरहेको बताए। अब परीक्षण पनि दोब्बर हुने उनले जानकारी दिए। उनले कोरोनामा खटिने सबै स्वास्थ्यकर्मीहरुको समेत प्रशंसा गरे।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  १० : ०१ बजे

साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा मधेशका ५ जिल्लाबाट ३६ जना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा

सुनसरी घटनाका मृतकको शव परिवारले बुझ्यो, आजै अन्त्येष्टि गर्ने तयारी (तस्बिरहरू)

विराटनगर– सुनसरीमा साउन १० मा भएको दोहोरो झडपमा परेर मृत्यु

वीरगन्जमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न चार बुँदे निर्णय

वीरगन्ज– विभिन्न राजनीतिक दल सम्मिलित यहाँ भएको भएको सर्वदलीय बैठकले

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

भद्रपुर– बाह्रदशी गाउँपालिका–३ रामनगरस्थित हुलाकी सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जना