४४२ कोरोना संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार हुँदै | Khabarhub Khabarhub

४४२ कोरोना संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार हुँदै


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ४४२ कोरोना संक्रमितको विभिन्न अस्पतालका आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार ६२ जना भेन्टिलेटरमा र ३८० जना संक्रमित आइसियुमा उपचाररत छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १६१ जना छन् भने ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा ५५ जना आइसियु र ५ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४८ जना आइसियु र ३ जना भेन्टिलेटरमा छन् ।

त्यस्तै प्रदेश २ मा ११ जना आइसियु र १ जनाको भेन्टिलेटरमा उपचा भइरहेको छ भने सुदूरपश्चिममा ६  जनाको आइसियुमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी  गण्डकी प्रदेशमा ८९ जना आइसियुमा र १४ जना भेन्टिलेटरमा तथा कर्णाली प्रदेशमा १० जनाको आइसियुमा उपचार भइरहेको मन्त्रालयले जनाएको हो ।

 

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ६ : २८ बजे

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको