रजिस्ट्रार, स्रेस्तेदार र तहसिलदारहरुको राष्ट्रिय सम्मेलन हुँदै « Khabarhub

रजिस्ट्रार, स्रेस्तेदार र तहसिलदारहरुको राष्ट्रिय सम्मेलन हुँदै


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- न्यायपालिकाका रजिस्ट्रार, स्रेस्तेदार र तहसिलदारहरुको प्रथम राष्ट्रिय सम्मेलन हुने भएको छ ।

मंसिर ८ र ९ गते भर्चुअल प्रविधिका माध्यमबाट सम्मेलन हुन लागेको हो ।  दुई दिनसम्म चल्ने सम्मेलनमा न्यायपालिकाका विभिन्न पाँच व्यवस्थापकीय आयामहरुमा कार्यपत्र प्रस्तुत गरी छलफल हुने कार्यक्रम तय भएको छ ।

सम्मेलनको छलफल सत्रमा उच्च अदालतका रजिस्ट्रार तथा अन्य अदालत, न्यायाधीकरण र जिल्ला अदालतका रजिस्ट्रार, स्रेस्तेदार तथा तहसिलदारहरुको अदालत व्यवस्थापन तथा फैसला कार्यान्वयनमा नेतृत्वदायी भूमिका रहने भएकाले प्रशासकीय नेतृत्वको भूमिका र दायित्वका विषयमा देखिएका समस्या र त्यस्ता समस्याको समाधान पहिल्याउने र मार्गनिर्देश गर्ने उद्देश्यले अदालत व्यवस्थापनको प्रभावकारीता, नेतृत्वको भूमिका र दायित्वको विषय समावेश गरिएको छ ।

न्यायपालिकाको सुधारका प्रयासहरुलाई संस्थागत गर्ने उद्देश्यले गत साउन १ देखि जिल्ला अदालतहरुमा र भदौ १ देखि उच्च अदालतहरुमा लागु भएको फरक मुद्दा व्यवस्थापन पद्धति कार्यान्वयनमा आइसकेको छ ।

यसको सफल कार्यान्वयनमा उच्च अदालतका रजिस्ट्रारहरु र जिल्ला अदालतका स्रेस्तेदारहरुको भूमिका महत्त्वपूर्ण मानिन्छ। यस्तै संहिता कानुनको कार्यान्वयनमा समेत जिल्ला र उच्च अदालतका प्रशासकीय नेतृत्वको भूमिका महत्त्वपूर्ण रहेकाले त्यस्ता नयाँ कानुनको कार्यान्वयनमा देखिएका समस्याहरु निदान गरी स्पष्ट पार्ने उद्देश्यले यी विषयमा छलफल हुनेछ ।

न्यायपालिकाभित्रका सूचना प्रवाह तथा छिटो, छरितो र पारदर्शी बनाउन सूचना प्रविधको प्रयोगलाई थप प्रभावकारी बनाउन न्यायपालिकाको व्यवस्थापनमा बस्ने नेतृत्वको भूमिका महत्त्वपूर्ण रहने भएकाले न्यायपालिकामा सूचना प्रविधिको प्रयोग र प्रभावकारिताको विषयलाई पनि छलफलमा समेटिनेछ ।

त्यस्तै, फैसला कार्यान्वयनमा देखिएका सवालहरु, समस्याहरु, कमी कम्जोरीहरुलाई हटाएर स्पष्ट मार्गदर्शन गर्न फैसला कार्यान्वयनमा देखिएका समस्या र चुनौती तथा भावी कार्यदिशाका विषयको कार्यपत्रमाथि पनि छलफल हुनेछ । अदालतले गरेको फैसला कार्यान्वयन गर्ने दायित्व उच्च अदालतका रजिस्ट्रार तथा जिल्ला अदालतका तहसिलदारको भूमिका रहन्छ ।

सम्मेलनमा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नृपध्वज निरौला, रजिस्ट्रारहरु लालबहादुर कुँवर, नारायणप्रसाद पन्थी, सह-रजिस्ट्रारहरु तथा उच्च अदालतका रजिस्ट्रारहरु, उपत्यकामा रहेका विभिन्न न्यायाधिकरणका रजिस्ट्रार तथा स्रेस्तेदार, जिल्ला अदालतका स्रेस्तेदार र तहसिलदारहरुको उपस्थिति रहनेछ ।

यस्तै पर्यवेक्षकका रुपमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल प्रहरी, नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसनबाट १/१ जना पर्यवेक्षक र सर्वोच्च अदालतको आधिकारिक ट्रेड युनियनका तीनजना पर्यवेक्षक सहभागी हुनेछन् ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  १० : ३९ बजे

अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न एक जना पक्राउ

काठमाडौं– गैरकानुनी रूपमा अन्तरराष्ट्रिय आगमन कल बाइपास (भिओआइपी) सञ्चालन गर्ने

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी– विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र

लविद्युत् परियोजना निर्माणमा देखिएका मुआब्जा समस्या समाधान गर्छौँ : कुलमान घिसिङ 

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत् परियोजना निर्माणका

बल्छी धुर्बेको फिल्म ‘गोबर गणेश’को ट्रेलर सार्वजनिक

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’को लेखन, निर्देशन र