उद्योग वाणिज्य महासंघ चुनाव : ढकाल प्यानलका दुई केन्द्रीय सदस्य निर्विरोध « Khabarhub

उद्योग वाणिज्य महासंघ चुनाव : ढकाल प्यानलका दुई केन्द्रीय सदस्य निर्विरोध


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि तय गरिएको साधारणसभा तथा निर्वाचन शुरु नहुँदै दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने अन्तिम दिन आज कसैको उम्मेदवारी नपरेपछि केन्द्रीय सदस्यमा राजेन्द्र राउत र एशोसियटतर्फका सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भएका हुन् ।

निर्विरोध निर्वाचित दुवै केन्द्रीय सदस्य वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहका हुन् ।

यसअघि मोरङ व्यापार संघको कार्यकारी सदस्यसमेत रहेका राउत हाल नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नं १ का उपाध्यक्ष समेत हुन ।

त्यस्तै अर्का निर्विरोध निर्वाचित अग्रवाल नेपाल इन्डोनेशिया च्याम्बर अफ कमर्शका अध्यक्ष हुन । अग्रवाल एशोसिएटतर्फबाट च्याम्बरअन्तर्गत निर्विरोध भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ९ : ०८ बजे

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध

नगेन्द्र न्यौपानेको ‘दरबारको कानुन’ उपन्यास लोकार्पण

काठमाडौं । उपन्यासकार नगेन्द्र न्यौपानेको उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरिएको