उद्योग वाणिज्य महासंघ चुनाव : ढकाल प्यानलका दुई केन्द्रीय सदस्य निर्विरोध « Khabarhub

उद्योग वाणिज्य महासंघ चुनाव : ढकाल प्यानलका दुई केन्द्रीय सदस्य निर्विरोध


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि तय गरिएको साधारणसभा तथा निर्वाचन शुरु नहुँदै दुई केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने अन्तिम दिन आज कसैको उम्मेदवारी नपरेपछि केन्द्रीय सदस्यमा राजेन्द्र राउत र एशोसियटतर्फका सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भएका हुन् ।

निर्विरोध निर्वाचित दुवै केन्द्रीय सदस्य वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहका हुन् ।

यसअघि मोरङ व्यापार संघको कार्यकारी सदस्यसमेत रहेका राउत हाल नेपाल उद्योग वाणिज्य महासंघ, प्रदेश नं १ का उपाध्यक्ष समेत हुन ।

त्यस्तै अर्का निर्विरोध निर्वाचित अग्रवाल नेपाल इन्डोनेशिया च्याम्बर अफ कमर्शका अध्यक्ष हुन । अग्रवाल एशोसिएटतर्फबाट च्याम्बरअन्तर्गत निर्विरोध भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ९ : ०८ बजे

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला