खुमलटार पुगेर पनि प्रधानमन्त्री ओलीले दोहोर्‍याए पुरानै अडान « Khabarhub

खुमलटार पुगेर पनि प्रधानमन्त्री ओलीले दोहोर्‍याए पुरानै अडान


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज प्रचण्ड निवास खुमलटारमा पुगेर भेटेवार्ता गरेका छन्।

नेकपाको विवाद उत्कर्षमा पुगेका बेला खुमलटार पुगेर पनि ओलीले आफ्नो पुरानै अडान दोहोर्‍याउदै प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन फिर्ता लिन अनुरोध गरेको जनाइएको छ ।

तर प्रचण्डले उक्त प्रस्ताव फिर्ता लिन ओलीले गरेको अनुरोधलाई अस्वीकार गरेको बुझिएको छ । ओलीले पुरानै अडान खुमलटार पुगेर दोहोर्‍याएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिएका हुन।

ओलीले प्रचण्डलाई छलफलका लागि बालुवाटार बोलाएका थिए । तर प्रचण्डले आफू सधैँ बालुवाटार नआउने बताएपछि ओलीलाई खुमलटार आउन अनुरोध गरेका थिए।

प्रचण्डले बालुवाटा नजाने बताएपछि ओली खुमलटार पुगेका थिए । दुई अध्यक्षबीचको छलफलमा पार्टी उपाध्यक्ष वामदेव गौतमसमेत उपस्थित भएका थिए।

ओली खुमलटारमा पुगे लगतै उपाध्यक्ष वामदेव गौतम पनि खुमलटार पुगेका थिए। ओली खुमलटारबाट फर्किएपछि बरिष्ठ नेता माधवकुमार नेपाल पनि खुमलटार पुगेका थिए ।

भेटमा प्रचण्डले संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन भनेका थिए ।

स्थायी कमिटी बैठकले फिर्ता लिने निर्णय गरिसक्दा समेत प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिन ढिलाइ गर्दा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सशंकित देखिएको छ ।

प्रचण्डलाई भेटेपछि गृहमन्त्री रामबहादुर थापाको सरकारी निवास पुल्चोक पुगेर ओलीले थापासहित स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र भौतिक पूर्वाधार मन्त्री वसन्त नेम्वाङसँग भेटवार्ता गरेका छन् ।

ओली खुमलटारबाट फर्केपछि प्रचण्डले समेत वरिष्ठ नेता नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरेका छन् ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ५ : ४२ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी