काँग्रेस र जसपाबीच तत्काल संसद अधिवेशन बोलाउन माग गर्ने सहमति « Khabarhub

काँग्रेस र जसपाबीच तत्काल संसद अधिवेशन बोलाउन माग गर्ने सहमति


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले तत्काल संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ ।

जसपाका शीर्ष नेताहरु र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बुढानिलकण्ठमा भएको भेटवार्तामा तत्काल संसद अधिवेशस बोलाउन माग गर्ने सहमति भएको हो ।

शनिबार जसपाका नेताहरु देउवासँग भेट गर्न उनकै निवास बुढानीलकण्ठ पुगेका थिए ।

त्यस्तै छलफलमा संसदमा भएका विपक्षी दलबीच सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको काँग्रेस नेता मिनेन्द्र रिजाले जानकारी दिए ।

उनले भने, ‘हिजो हामीले संसद अधिवेशन तत्काल बोलाउन भनेका थियौँ । यो विषयमा सबै विपक्षी दलसँग कुरा गर्छौ भनेको छौँ । त्यही अनुसार आज हामीले विपक्षी दल जनता समाजवादी पार्टीलाई बोलायौँ । आसन्न अधिवेशनमा विपक्षीको भूमिका समन्वयात्मक रुपमा अझबढी प्रभावकारी कसरी बनाउने भन्ने छलफल भयो । आउने अधिवेशन विपक्षी समन्वय गर्दै प्रभावकारी रुपमा प्रस्तुत हुन्छौँ ।’

यसैगरी संवैधानिक परिषद्को कार्यविधि सम्बन्धमा जारी गरिएको अध्यादेश तत्काल फिर्ता लिइ अबिलम्ब संसद बैठक बोलाउन माग गर्ने विषयमा छलफल भएको उनले बताए ।

कांग्रेसकै प्रस्तावअनुसार शनिबार भएको छलफलमा देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. मिनेन्द्र रिजाल सहभागी भएका थिए भने जसपाका तर्फबाट संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई, अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो उपस्थित भएका थिए ।

उनीहरुबीच संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने समझदारी भएको जसपाका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

कांग्रेसले यसअघि नै संसद अधिवेशन बोलाउन माग गर्दै आएको थियो ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ६ : ४१ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै