क्रिसमस र नयाँ वर्षमा इटालीमा कोभिड–१९ नियन्त्रणका थप उपाय अपनाइने « Khabarhub

क्रिसमस र नयाँ वर्षमा इटालीमा कोभिड–१९ नियन्त्रणका थप उपाय अपनाइने


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कोरोना भाइरसबाट बढी प्रभावित यूरोपेली मुलुकमध्ये एक इटालीमा क्रिसमस र नयाँ वर्षका समय सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले कोभिड–१९ को महामारी नियन्त्रणका लागि पुनः केही उपायहरू सक्रिय पारिने सरकारले शनिबार बताएको छ ।

प्रधानमन्त्री जेसेप कोन्टले शुक्रबार घोषणा गर्नुभएका ती उपायहरूमा पर्वका समय हुने आवतजावत र सामुहिक भोजभतेरमा नियन्त्रण रहेका छन् ।

सरकारले सोमबारदेखि १५ दिन लागु हुनेगरी जनवरी ६ सम्मका लागि इटालीको सम्पूर्ण भागलाई कोभिड–१९ माहामारीका कारण हुने ‘खतरा’ को सुचीमा राख्दै सङ्क्रमण नियन्त्रणका लागि कडाभन्दा कडा नियम लागू गरेको छ । इटलीले डिसेम्बर २८, २९ र ३० का साथै जनवरी ४ का दिन पसलहरूलाई साँझ ९ बजेसम्म खुला राख्न र नागरिकहरूलाई स्वतन्त्ररूपमा किनमेलका लागि सहभागी हुन छुट दिने पनि निर्णय गरेको छ ।

सरकारले गरेको पछिल्लो व्यवस्था अनुसार नागरिकले पर्वका समय साथी वा आफन्तसँगको भेटका लागि दिनमा एक पटक मात्र घर छोड्न पाउनेछन् भने अति आवश्यक कामका लागिबाहेक एक प्रशासन क्षेत्रबाट अर्कोमा जान पाउने छैनन् ।
त्यसैगरी आगामी डिसेम्बर २४ बाट लागू हुनेगरी देशभर बार तथा रेष्टुरेण्ट बन्न रहने छन् ।

कोन्टेले भने, “हाम्रा विज्ञहरूले क्रिसमस र नयाँ वर्षमा हुने जमघटका कोभिड कारण सङ्क्रमण बढ्नसक्ने बताएका छन् । महामारी पुनः फैलिन नदिनका लागि हामीले यो बाध्यत्मक निर्णयलाई लागु गर्न सम्पूर्ण नागरिकहरूलाई आग्रह गरेका छौँ ।

सरकारले खाद्यान्न पसल, सैलुन, फार्मेसी तथा कपडा धुने पसल (सेवा) लगायतका अन्य केही सेवालाई भने खुला गर्न अनुमति दिएको छ ।

इटलीले डिसेम्बर २८, २९ र ३० का साथै जनवरी ४ का दिन पसलहरूलाई साँझ ९ बजेसम्म खुला राख्न र नागरिकहरूलाई स्वतन्त्ररूपमा किनमेलका लागि सहभागी हुन छुट दिने पनि निर्णय गरेको छ ।

करिब ६ करोड जनसङ्ख्या रहेको इटलीलाई यूरोपेली समुदायको प्राचीन महत्वको स्थानका रूपमा लिने गरिन्छ ।

इटलीमा महामारीका कारण अहिलेसम्म ६८ हजार मानिसले ज्यान गुमाएका छन् भने १९ लाख भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारको निर्णयलाई इटलीका नागरिकले सहज लिएका बताइएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ८ : ३२ बजे

बालबालिकामा चपाउने बानी घट्दा दाँत कमजोर : कसरी जोगाउने दाँत ?

काठमाडौँ – पछिल्लो समय बालबालिकामा दाँत बिग्रिने, किरा लाग्ने र

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले

आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस, कांग्रेसको संस्थापन र इतर पक्षको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद

लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जनालाई पक्राउ

दुई फर्मलाई विभागको जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता