राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीकाे एक घण्टा छलफल « Khabarhub

राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीकाे एक घण्टा छलफल


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बिहानैदेखि पार्टीका नेताहरूसँगको छलफलमा जुटेका प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

भेटका विषयमा केही नखुलाइए पनि पार्टीभित्रको विवाद र संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विषयमा छलफल भएकाे बुझिएको छ ।

करीब एक घण्टा राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरी प्रम ओली बालुवाटार फर्किएका थिए ।  नेकपा विवाद चरम उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री ओलीको दौडधुपलाई अर्थपूर्ण रुपमा हेरिएकाे छ ।

प्रधानमन्त्री ओलीले आजै  कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका थिए । त्यसलगत्तै उनले गृहमन्त्री  रामबहादुर थापालगायतका मन्त्रीसँग समेत भेटवार्ता गरेका थिए ।

अध्यक्ष दाहालसँगको भेटमा ओलीले ‘प्रस्ताव’ फिर्ता लिन पुरानै अडान दोहोर्‍याएका थिए ।

यो पनि पढौँ

ओलीको भेटघाटले साम्य होला नेकपाको विवाद ?

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  १० : ५४ बजे

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो